
बुधबारे । बुद्धशान्ति गाउँपालिका अध्यक्ष -उपाध्यक्ष उज्यालो कार्यक्रम अन्तरगत् बुद्धशान्ति गाउँपालिका र बुद्धशान्ति उद्योग वाणिज्य संघको सहकार्यमा पहिलो चरणको पोलबत्ती जडान कार्य सम्पन्न भएको छ ।पहिलो चरणको कार्यमा
बुधबारे बजार क्षेत्रमा करिब ६० बढी सेन्सर जडित -बेलुका आफै बल्ने र बिहान आफै बन्द हुने पोलबत्ती जडान गरिएको हो ।
शुक्रबार बेलुका बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी खतिवडाको संयुक्त बाहुलीबाट सेन्सर जडित पोलबत्तीको स्विच थिचेर उद्घाटन गरिएको हो ।
जसमा बुद्धशान्ति गाउँपालिकाको तर्फबाट ५ लाख र बुद्धशान्ति उद्योग वाणिज्य संघको १० प्रतिशत लगानी साझेदारी रहेको छ ।
दोस्रो चरणको कार्यमा हात्ती पीडित क्षेत्रमा पोलबत्ती जडान गरिने र बुधबारे बजार क्षेत्रमा जडान गरिएको पोलबत्ती यही २५ गते आइतबारदेखि निरन्तर सुचारु रहने बताइएको छ ।