
झापाको बुद्धशान्तिमा स्थानीय तहमा निर्विरोध निर्वचित हुने स्काउट लाई सम्मान साथै सफथ ग्रहण तथापरिषद सदस्यहरुलाई प्रमाणपत्र वितरण तथा जिम्मेवारी बाँडफाँड सम्पन्न भएको छ । कार्यक्रम बुद्धशान्ति स्थानीतह प्रमुख स्काउट तथा गाउँपालिका उपाध्यक्ष श्री भवानीप्रसाद खतिवडाकाे अध्यक्षतामा बुद्धशान्ति स्थानीय तह स्काउटका संरक्षक तथा बुद्धशान्ति गाउँपालिका अध्यक्ष श्री मनाेज प्रसाईंकाे प्रमुख आतिथ्य ,रहेको थियो ।
कार्यक्रममा वरिष्ठ राष्ट्रिय प्रशिक्षक श्री शिवकुमार पाैड्याल शिक्षाशाखा प्रमुख तथा स्थानीय तह स्काउट बुद्धशान्तिका सचिव श्री कमलप्रसाद निराैला सहायक राष्ट्रिय प्रशिक्षक द्वय श्री गंगाराम राई खड्ग सुब्बाकाे लगायतको आतिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा स्थानीय तहमा निर्विरोध निर्वचित परिषद सदस्यहरुकाे प्रमाणपत्र वितरण तथा जिम्मेवारी बाँडफाँड सम्पन्न गरिएको थियो ।
स्थानीय प्रमुख आयुक्त स्काउटर शिव प्रसाद पाैड्याल
शैक्षिक पद्धति आयुक्तमा स्काउटर श्री पवन खतिवडा
सुशासन स्राेत विकास तथा वित्त आयुक्त स्काउटर रामचन्द्र अधिकारी सामुदायिक आयुक्त स्काउटर दीपा थापा सदस्य स्काउटर मिना नेपाल सदस्य स्काउटर रमिला चापागाईं यसरी कार्य विभाजन भएकाे कार्यक्रमकाे सञ्चालन सहायक राष्ट्रिय प्रशिक्षक खड्ग सुब्बा पन्धाकले गर्नु भएकाे थियाे भने,स्वागत मन्तब्य सहायक राष्ट्रिय प्रशिक्षक गंगाराम राईले गर्नुभएकाे थियाे।
कार्यक्रमकाेओेैचित्य माथि प्रकाश पार्दै वरिष्ठ राष्ट्रिय प्रशिक्षक शिवकुमार पाैड्यालले नयाँ कार्य समितिकाे ४ वर्षे कार्यकाल सफलताकाे शुभकामना ब्यक्त गर्नुभयाे भने प्रमुख अतिथि तथा बुद्धशान्ति स्थानीय तह स्काउट संरक्षक श्री मनाेज प्रसाईंले गाउँपालिकामा आइपर्ने हरेक विपत्तिमा स्काउटका स्वयंसेवीहरुकाे उपस्थितिमा समस्या समाधान हाेस् , हामी सकेसम्म सहयाेग उपलब्ध गराउँछाैं भन्ने बचन बद्धताका साथ कार्य समितिकाे सफलताकाे शुभकामना ब्यक्त गर्नुभयाे ।
कार्यक्रमका अध्यक्ष ,बुद्ध शान्ति स्थानीयतह प्रमुख स्काउट तथा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले आफु यसअघि स्काउटको विषयमा अन्जान रहेकाे , आज धेरै जानकारी पाएकाे र आगामी दिनमा आफ्नाे तर्फबाट सक्दाे सहयाेग उपलब्ध गराउने बचनबद्धता तथा कार्यसमितिकाे सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै सभा विसर्जन गर्नुभएकाे थियाे ।