
बुद्धशान्ति ३ स्थित श्री राम जानकी मन्दिरले राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरेको छ ।
२५ औँ वार्षिक उत्सव तथा रगत महोत्सवको अवसरमा आयोजना गरिएको श्री लिङ्गा महापुराणको छैटौँ दिवसीय दिवाकालीन सत्रमा मन्दिरको इतिहासदेखि वर्तमानसम्मको मन्दिरसँग सम्बन्धित तथा आध्यात्मिक विषयसँग सम्बन्धित विषयहरूलाई समेटेर तयार पारिएको राम जानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको लोककार्पण गरिएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले विकल्पको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व गाउँ पञ्चायत प्रधानपञ्च मेघनाथ ढकालको प्रमुख आतित्य रहेको थियो ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानीप्रसाद खतिवडाको विशिष्ट आतिथ्यता रहेको थियो भने मन्दिरका पदाधिकारी,चित्रा पौडेल,विभिन्न संघसंस्थाका पदाधिकारी, शिक्षासेवी,सुरक्षाकर्मी, सञ्चारकर्मीको आतिथ्य रहेको थियो ।
मन्दिर समिति सचिव जय भण्डारीले सञ्चालन गरेको कार्यक्रममा मन्दिर समिति सदस्य गंगादेवी आचार्यले शाब्दिक स्वागत राख्नु भएको थियो भने उक्त रामजानकी दर्पण तथा २५ औँ वार्षिक उत्सव स्मारिकाको समीक्षा भने पूर्व शिक्षक गणेश निरौलाले गर्नु भएको थियो ।
कार्यक्रमका सभापति टंक काफ्ले विकल्पले समापन गरेको उक्त कार्यक्रममा विशिष्ट अतिथि मनोज प्रसाई र प्रमुख अतिथि मेघनाथ ढकालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।