
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा साहारा नेपालले विपन्न महिलाहरूको लागि वित्तिय समावेशिकरण परियोजना अन्तरगत १ दिने चेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
साहारा नेपालको आयोजना साथै सृजनशिल युवा समाजको समन्वयमा बुद्धशान्ति वडा नं ४ स्थित गणेश माध्यमिक विद्यालयको शभाहलमा १ दिने वितिय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर रायले
बुद्धशान्तिको विकास, विस्तार र प्रर्वद्धनका लागि सहारा नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउदै वुद्धशान्ति बासिको साहारा नेपाल ढुकढुकीनै भएको भन्दै खुलेर प्रशंसा गर्नु भयो ।
त्यस्तै कार्यक्रममा संस्थाको समग्र पक्षको जानकारी गराउँदै साहारा नेपाल साकोस सेवा केन्द्र बुद्धशान्तिका प्रमुख अरूण श्रेष्ठले बचत र ऋणका साथ साथै सामाजिक कार्यमा संस्था अग्रसर रहेको जानकारी गराउदै बुद्धशान्तिमा संस्था स्थापना भई बुद्धशान्तिको सम्पुर्ण वडा सँगको सहकार्यमा जेष्ठनागरिको भवन निर्माण लगायत विभिन्न कार्यक्रमहरू गर्दै आएको बताउनु भयो ।
सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा साहारा नेपालका कार्यक्रम अधिकृत लक्ष्मी भन्डारी
सृजनसिल युवा समाजका सम्पुर्ण सदस्यहरू स्थानिय समाज सेवि विभिन्न संङ सस्थाका प्रतिनिधि सन्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा सृजनशिल युवा समाजका सदस्य नारायण कुमार रेग्मिले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गर्नु भएको थियो भने साहारा नेपाल कार्यक्रमका अधिकृत लक्ष्मी भन्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश <पार्नु भएको कार्यक्रमको सन्चालन कल्बका सचिव साजन तामाङले गर्नु भएको थियो ।
यस सृजनसिल युवा समाजले विभिन्न संङसस्थाहरूको सहकार्यमा देश कोरना कहरले थलिएको बेलामा स्थानिय तहलाई आर्थिक सहयोग लकडाउनको बेलामा विपन्न परिवालाई खाद्यान्न सहयोग साथै
पछिलो समय चर्चामा अाएको भाईरल सिरिसको वरपर वृक्षारोपण सरसफाई जस्ता विभिन्न सामाजिक कार्यहरूमा सहयोग गर्दै आएको कल्बका अध्यक्ष निर्मल पराजुलिले बताउनु भयो ।