
झापाको बुद्धशान्ति –४ मा स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा आज बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा KYC आयोजक गराँस बस्ति र धर्म मार्ग बस्ति टोल विच भएको थियो,खेलको निधारित समयमा दुबै टिमबाट १/१ गोल भएपछि ट्राईबेकरको आधारमा ३/५ गोलको अन्तरले हराउदै KYC आयोजक गुराँस बस्ति टोल विजयी भएको छ ।
पहिलो खेलको म्यान अफ दि म्याच KYC आयोजक गुराँस बस्तिका टोलका समीर लिम्बु भएका भए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा सट्टाभर्ना टोल र बर्ने टोल बिच भएको थियो सो खेलमा बर्ने टोल लाई १/५ गोलको अन्तरले हराउदै सट्टाभर्ना टोल विजयी भएको हो ।
दोस्रो खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका आयुस राई भएका थिए ।
बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा आजबाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन ।
प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई पुरस्कृत समेत गरिने स्थानीय आयोजक किराँत युथ क्लबका अध्यक्ष टेक बहादुर लिम्बुले बताउनु भयो ।
स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको स्थानिय समाज सेवी खेल संयोजक करण थेबेले बताउनु भयो ।
बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा लाई किराँत युथ क्लबका सदस्य पुर्ण सुहाङ समाज सेवि मित्र साँवा लिम्बू, बुद्धशान्ति खेलकुद विकास समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन मेहाङबो लगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब मिलम सुब्बाले जानकारी दिनु भयो ।

पहिलो खेलको म्यान अफ दि म्याच KYC आयोजक गुराँस बस्तिका टोलका समीर लिम्बु भएका भए ।
दोस्रो खेलको म्यान अफ दि म्याच सट्टाभर्ना टोलका आयुस राई भएका थिए ।
प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई पुरस्कृत समेत गरिने स्थानीय आयोजक किराँत युथ क्लबका अध्यक्ष टेक बहादुर लिम्बुले बताउनु भयो । 





