

झापाको बुद्धशान्ति –४ मा जारी स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको आज भएको पहिलो खेलमा आइतबारे टोल AYC र अमर बस्ती टोल विच भएको थियो,खेलको निधारित समयमा अमरबस्तिलाई ०/२ गोलको अन्तरले हराउदै आइतबारे टोल AYC विजयी भएको छ ।
Related Stories
२३ पुष २०८२, बुधबार २०:०८
२२ पुष २०८२, मंगलवार २१:२३
१९ जेष्ठ २०८२, आईतवार २२:४०

पहिलो खेलको म्यान अफ दि म्याच आइतबारे टोल AYC का मिलन सुब्वा भएका भए ।
त्यस्तै आजै भएको दोस्रो खेलमा मंगलबारे टोल र जुनेलिबस्ती टोल बिच भएको थियो सो खेलमा खेलको निधारित समयमा दुबै टिमबाट कुनै पनि गोल नभएपछी भएपछि ट्राईबेकरको आधारमा ४/५ गोलको अन्तरले हराउदै मंगलबारे टोल विजयी भएको थियो भने खेलको म्यान अफ दि म्याच मंगलबारे टोलका जेम्स लिम्बू भएका थिए ।
बुद्धशान्ति ४ स्थित मंगलबारे खेल मैदानमा मंगलबार बाट सन्चालन भएको प्रतियोगिताको बिजेताले १० हजार संगै मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले ६ हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पत्र पाउने बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो ।
प्रतियोगितामा सम्पुर्ण बिधामा खेलाडीहरुलाई पुरस्कृत समेत गरिने स्थानिय समाज सेवी खेल संयोजक टेक बहादुर लिम्बुले बताउनु भयो ।
बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर लागेको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का अध्यक्ष अर्जुन लिम्बुले बताउनु भयो ।
असार ११ गते बाट सन्चालन भएको प्रतियोगिता असार १५ गते सम्म सन्चालन हुने प्रतियोगिताको उत्घाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा सदस्य सन्जित कुमार थेबे प्रमुख अतिथी आतिथ्यतामा भएको थियो ।
प्रतियोगितामा जम्मा ८ वटा टिमको सहभागीता रहने बुद्धशान्ति खेलकुद विकास समिति बुद्धशान्ति वडा नं ४ सचिब मिलम सुब्बाले जानकारी दिनु भयो ।






