झापाको बुद्धशान्ति गाउँपालिकामा देशकै तेस्रो लामो झोलुङ्गे पुलको शिलान्यास भएको छ । बुद्धशान्ति वडा नं. ६ र ७ जोड्ने झोलुङ्गे पुलको आज एक कार्यक्रमकाबीच झापा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले शिलान्यास गर्नु भएको हो । बुद्धशान्ति गाउँपालिका ७ को वडा कार्यालय नजिकै टिमाई खोलामाथी निर्माण हुने ४७६ मिटर लम्बाईको झोलुङ्गे पुलको सोमबार विहान धार्मिक विधि अनुसार पुजा गरेर सांसद शर्माले शिलान्यास गर्नु भएको होशिलान्यास पछि कार्यक्रममा बोल्दै सांसद शर्माले यो पुल सञ्चालनमा आए पछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभई यसले इलाम र झापाका गाउँहरुलाई पनि जोड्ने बताउनु भयो । त्यस्तै कार्यक्रमममा बोल्दै बुद्धशान्ति गाउपालिका अध्यक्ष मनोज प्रसाइले पुल सञ्चालन भए पछि बुद्धशान्ति ६ सहित इलामको रोङ गाउँपालिको वडा नं. ५ र ६ का स्थानीयहरुले उत्पादन गरेको कृषि उपजलाई बजारी गर्न समेत सहयोग पुग्दै
पुलले पर्यटन प्रवद्र्धन गर्न पनि सहयोग गर्ने बताउनु भयो । थानी जगदम्बा जेभी काठमाण्डौले निर्माण गर्ने झोलुङ्गे पुलको ठेक्का रकम ५ करोड ९८ लाख ८१ हजार ७६१ रुपैया ३५ पैसा रहेको छ ।
२०८१ जेठ २४ गते ठेक्का सम्झौता भएको पुलको निर्माण २०८३ जेठ २३ गते भित्रमा निर्माण सम्पन्न गरिसक्नु पर्नेछ । बुद्धशान्ति गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष चन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न शिलान्यासको औपचारीक कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष शिवाराज पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
उक्त अवसरमा प्रदेश सांसद गोपाल तामाङ, निर्मला तावा, गाउँपालिका अध्यक्ष मनोज प्रसाई, उपाध्यक्ष भवानि प्रसाद खतिवडा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवे, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाली काँग्रेस क्षेत्रिय सभापति इन्द्रबहादुर वुढाथोकी लगायतको उपस्थीति रहेको थियो । कोलबुंगे गौंडा रमिते झोलुङ्गे पुल कोशी प्रदेशकै सबैभन्दा लामो र नेपालको तेस्रो लामो पुल हुने बताइएको छ ।