
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् ।
घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान करिब साढे ३ बजे दुई बस त्रिशूलीमा खसेका हुन् ।
ती बसमा चालकसहित ५० जना रहेको अनुमान छ । उनका अनुसार काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।
प्रजिअ यादवका अनुसार जानकारीअनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौं जाँदै गरेको बसमा २४ जना रहेका थिए । उहाँले भन्नू भयो ‘हामी घटनास्थलमा छौँ ।