


बुद्धशान्ति १ स्थित भोटेटार गणेश मन्दिर टोल साथै दामाटार गैरिगाउँ देउराली लगायतका क्षेत्रहरूमा पछिल्लो समय लागू आौषध दुर्व्यसन तथा मदिरा प्रयोग कर्ता बढ्दै गएको साथै चोरि लुटपाटका घटना हरू दिनानु दिन बढ्न थाले पछि बेलुका साँझ वाट चोकमा भेला हुने हल्ला गर्ने साथै कुनै पनि सवारि साधन चलाउने मोटरसाईकल लिएर तलमाथि कुद्ने जस्ता कार्य गरेमा स्थानिय बासिन्दाले तत्काल समाएर प्रशासनलाई जिम्मा लगाउने न्यु स्टार युथ क्लब भोटेटारका अध्यक्ष एकराज भुजेलले बताउनु भयो ।
केहि दिन एता भोटेटार आसपासका छेत्रमा साँझ परेपछि अपरिचित व्यत्तिहरू मोटरसाईकलमा आउने चोकमा भेलाहुने विभिन्न खालका विभिन्न खाले गतिविधिहरू बढ्न थाले पछि यो अभियान थालेको न्यु स्टार युथ क्लब-भोटेटारका सचिब साथै बुधबारे जेसिजका महासचिव गजुहाङ योङहाङ बताउनु हुन्छ उहाँले भन्नू भयो मदिराले धेरैको घरव्यवार बिगारेको छ