
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित सृजनशिल युवा समाज बुद्धशान्ति ४ को आयोजना स्व. मनमाया गुरूङ स्मृति दोस्रो जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता आज वाट सुरू भएको छ ।
विजया दशमीको अवसर पारेर बुद्धशान्ति ४ स्थित गणेश मा. वि.खेल मैदानमा असोज १६ गते बुधबार वाट प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगिताको आज भएको खेलमा अर्जुनधारा शनिश्चरे र दमक विच भएको थियो सो खेलमा दमकलाई ०/ ५ गोलको अन्तरले हराउदै अर्जुनधारा शनिश्चरेले जित हासिल गरेको हो ।
असोज १६ गते देखि २३ गते सम्म सन्चालन हुने प्रतियोगितामा झापा र इलामका गरि ८ वटा टिमको प्रतिष्पर्धा हुने छ ।
प्रतियोगिताको बिजेताले नगद रु ५१ हजार,मेडल ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेताले नगद रु ३१ हजार मेडल ट्रफि र प्रमाण पत्र पाउने बुद्धशान्ति खेलकुद विकास समितीका सदस्य साथै बुद्धशान्ति वडा नं ४ खेलकुद संयोजक अर्जुन मेयाङ्बोले बताउनु भयो ।आज भएको खेलमा शनिश्चरे अर्जुन धारा देवेन्द्र तामाङ म्यान अफ द म्याच भएका थिए ।
भोलि हुने खेलमा आयोजक सृजनशिल युवा समाज र विशाल पुर FC भद्रपुर विच हुने बताईएको छ ।
आज बाट सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र बुद्धशान्ति ४ खेलकुद विकास समितीका अध्यक्ष अर्जुन मेन्याङवोको सभापतित्वमा भएको उत्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेर वहादुर रायको प्रमुख आतिथ्यता, रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी शेर बहादुर रायले आयोजकको कामलाई बढवा दिदै खेलकुद वास्तवमा खेलकुद मात्र नभैइ यो एउटा व्याबसाय हो यसलाई स्वस्थ ब्यस्त राख्नको लागी गरिने एउटा माध्यम हो आगामी दिनमा पनि यहाका युवाहरुलाई अझ जागरुता बनाउन आवश्यक रहेको बताउनु भयो ,।
त्यस्तै कार्यक्रममा झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहालले सृजनशिल युवा समाजले गरेको विभिन्न सामाजिक कामको उच्च मुल्याङकन गर्दै आगामी दिनमा हामी तपाईकै साथमा छौ बुद्धशान्तिको खेलकुद विकासको लागी अब तपाई हामी सङै मिलेर जानुपर्छ । तेरो मेरो भनेर हैन अब हामी सबै मिलेर खेलकुदको बिकासमा लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बुद्धशान्ति वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, किराँत राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राई, विभीन्न संघ संस्थाका प्रतिनिधी राजनितीक दलका प्रतिनिधी स्थानियवासी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष निर्मल पराजुलिले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न करिब ४ लाख बराबर खर्चहुने बताईएको छ । स्थानिय साथै सम्पुर्ण देश तथा विदेशमा रहनुहुनु दाता महानुभाव हरूको सहयोगमा प्रतियोगिता सम्पन्न गर्ने तयारि रहेको
आर्थिक संयोजक शिर्जना शेर्माले बताउनु भयो ।