
बिर्तामोडको अदुवा पुलमा एक युवकमाथि केहिवेर अघि निर्घात कुटपिट भएको छ । रक्ताम्य हुने गरि कुटपिट गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मापसे गरेका युवाहरुबीच झगडा भएको हुन सक्ने बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनीहरु साथी–साथी हुन् जस्तो छ, इलाका ल्याएका छौं, सोधपुछ गर्दैछौं । प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संलग्नहरु प्रहरी देख्नासाथ भागेका थिए । उनीहरुलाई नियन्त्रणमा लिइएको छ, सोधपुछ गरेर प्रक्रिया अघि बढाइनेछ, डिएसपी विष्टले भने ।