
झापाको बुद्धशान्तिको ४ स्थित टिमाई शिविर छेउमा ८ गति विहान ८ बजे तिर निस्किएको चितुवालाई उद्धार गर्ने क्रममा सशस्त्र प्रहरी बल टिमाईका प्रमुख केदार श्रेष्ठ सहित चार जना घाईते हुनु भएको थियो । बुद्धशान्ति गाउँपालिका–४ टिमाईस्थित मकै बारिमा निस्किएको चितुवाको आक्रणबाट एक प्रहरीसहित चार जना घाइते हुनु भएको थियो ।
( चैत ८ गते आइतवार) दिनको १ बजेको समयमा सोही स्थानका कमल खड्काको मकै बारीमा घाइते अवस्थामा रहेको चितुवाले आक्रमण गरेको हो ।
प्रहरी टोलिले डिविजन वन कार्यालय झापासँग आवश्यक समन्वय गरी उक्त चितुवा नियन्त्रणमा लिनको लागि कोशि टप्पु बन्यजन्तु आरक्षण सुनसरीबाट साँझ ६ बजे बिज्ञ टोली आएर चितुवालाई नियन्त्रणमा लिन खोज्दा बिच्किएर घटनास्थल सुरक्षामा खटिएका सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सहायक प्रहरी नायव निरिक्षक केदार श्रेष्ठलाई आक्रमण गरेको थियो ।
आक्रमणबाट श्रेष्ठको अनुहार, हात खुट्टा, कान, बायाँ पाखुरा लगायत शरिरको बिभिन्न भागमा चोट लागेर घाईते भए पछि उहाँलाई भागिरथा बुद्धशान्ति अस्पतालमा प्राथमिक उपचार पछि उहाँलाई झापाको विर्तामोड स्थित वि एण्ड सि अस्पताल ल्याईएको थियो ।
थियो भने झापा बुद्दशान्ति–६ का ५० बर्षीय कृष्ण गजमेर, सोही स्थानका ५४ बर्षीय दुर्गा बबहादुर कटुवाल, र मेचीनगर नगरपालिका–१० का २६ बर्षीय बिशाल कार्की समेतलाइ आक्रमण गरेर घाइते बनाएको थियो ।
उहाँहरूरुको अवस्था सामान्य रहेको र घाईते तिनै जनाको भागिरथा न्यौपाने अस्पताल बुद्धशान्तिमा गरिएको थियो । उक्त चितुवाले स्थानियहरुलाई समेत आक्रमण गर्न थालेपछि स्थानियले कुटिपिट गर्दा चितुवाको मृत्यु भएको थियो ।





