
झापाको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र बुद्धशान्तिले मंगलबार एक कार्यक्रमको आयोजना गरी लागु औषध, दुव्र्यसन र साइबर अपराध विरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको २८औँ स्थापना दिवसको अवसरमा बुद्धशान्ति ४ स्थित न्यू एभरग्रीन स्कुलमा उक्त कार्यक्रम गरिएको थियो।
सहारा नेपाल सहयोग उपसमिति बुधबारेका संयोजक विष्णु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै पालिका उपाध्यक्ष भवानी खतिवडाको विशिष्ट आतिथ्यता र ४ नम्बर वडाध्यक्ष शेरबहादुर रायको विशेष आतिथ्यतामा भएको कार्यक्रममा सहयोग समिति बुधबारेका सदस्य दिपेन्द्र संग्रौलाले उपस्थित सम्पूर्ण अतिथिहरुलाई शाब्दिक स्वागत गरेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नेक्रममा संयोजक सापकोटाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्था स्थापना भएको अवसरमा यो कार्यक्रम गरिएको बताएका छन् ।
त्यस्तै संस्थाको समग्र पक्षको जानकारी गराउँदै चारआली शाखा अनुगमन अधिकृत गोमा बस्नेतले बचत र ऋणका साथ साथै सामाजिक कार्यमा संस्था अग्रसर रहेको जानकारी दिइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मनोज प्रसाई र उपाध्यक्ष भवानी खतिवडाले पनि शुभकामना मन्तव्य राखेका थिए ।
बुद्धशान्तिका विकास, विस्तार र प्रर्वद्धनका लागि सहारा नेपालले महत्वपूर्ण भूमिका खेलेको जनप्रतिनिधीको भनाई थियो ।
त्यस्तै कार्यक्रममा उपस्थित भएका १५० बढि विद्यार्थीहरुलाई काँकरभिट्टा लागुऔषध नियन्त्रण ब्यूरोबाट आएका प्रहरी नायब निरिक्षक कुमार लामिछानेले प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा उनले लागु औषध सेवनबाट हुने असर र बच्ने उपायका बारेमा विद्यार्थीहरुलाई प्रष्ट पारेका थिए ।
सोही कार्यक्रममा बुद्धशान्तिमा रहेका २५ जना दृष्टिबिहिनहरुलाई दैनिक जीवनयापनमा सहज होस् भनी सेतो छडी पनि वितरण भएको छ । सहारा नेपालका संचालक समिति सदस्य भोला धिताल, पार्वता गरिी सहितको सहभागितामा उक्त छडि शान्ती अपांग संघलाई हस्तान्तरण भएको थियो ।





