झापाको बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिले बिहिवार एक कार्यक्रमको आयोजना गरि सम्पुर्ण वडालाई खेलकुद सामाग्री वितरण गरेको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अनिल वाग्ले,वडा नं ५ का वडा अध्यक्ष डेगेन्द्र कार्की,वडा नं ६ का वडा अध्यक्ष शिवराज पौडेल ,वडा नं ७ का वडा अध्यक्ष चन्द्र प्रसाद भण्डारी, बुद्धशान्ति कार्यपालिका सदस्य तुलसा खतिवडा नर्बदा चापागाँइ, सम्पुर्ण वडाका खेलकुद समिती संयोजक लगायतको आतिथ्यता रहेको थियो ।
बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितीले बिहीबार बुद्धशान्ति गाउँपालिकाका सबै वडा र क्लबका प्रतिनिधिलाई बुद्धशान्ति गाउँपालिकाको सभाहलबाट फुटबल ३५ थान भलिवल १४ थान नेट १४ थान साथै सितोरियो कराँतेका खेलाडीहरूका लागि विभिन्न खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।
बिहीबार गाउँपालिकाको सभाहलमा भएको कार्यक्रमको अौचित्य माथि प्रकाश पार्दै बुद्धशान्ति खेलकुद समिति संयोजक पर्शुराम चेम्जङ्गले खेलाडीहरुमा खेल सँगसँगै अनुशासन पनि अपरिहार्य रहेको बताउदै ।
पछिल्लो समय १५ देखि १८ वर्ष उमेरका युवाहरू लागु अौषध लगायत विभिन्न खाले कुलतमा बिग्रदै गएको अवस्थाले गर्दा पनि “खेल खेल्न होस् वा जुनसुकै ठाँउमा अनुशासनको धेरै ठुलो महत्त्व रहेको भन्दै, उहाले भन्नू भयो तपाईहरु देशको भविष्य हो, आजैबाट यसबारे मनन गर्नुस् । वडालाई राष्ट्रिय स्तरमै चिनाउने सोचमा लाग्नुहोस,भन्दै पालिकाको तर्फबाट खेल र युवा विकासका लागि आगामी दिनमा गाउँपालिका भरीका खेलाडी लाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने गाउँपालिकाको तयारी रहेको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बुद्धशान्तिगाउँ पालिकाका युवाहरूलाई खेलकुदको माध्यम बाट अगाडी वडाउने उद्येश्यले खेलाडीहरूलाई खेलकुदका सामाग्री वितरण गरेका हौ ,उहाले भन्नुभयो ,आगामी दिनहरूमा पनि बुद्धशान्ति भरिका खेलाडीहरूलाई प्रोत्साहन गर्न थप खेलकुद सामाग्री वितरण गर्दै जाने बुद्धशान्ति गाउँपालिकाको तयारी रहेको बताउनु भयो ।
बुद्धशान्तिगाउँ पालिका खेलकुद विकास समितिद्वारा गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रमको संन्चालन बुद्धशान्ति गाउँपालिका शिक्षा साखा सहायक प्राविधीक झल्का अधिकारीले गर्नुभएको थियो ।