झापाको बुद्धशान्ति गाउँपालिका–६ मा रहेको ठुटेवर संरक्षण तथा विकास समितिले ऐतिहासिक ठुटेवर मेला २०८० का लागि अन्तरक्रिया तथा सुझाव सङकलन कार्यक्रम सम्पन्न गरेको छ ।
ठुटेवर संरक्षण समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाको सभापतित्व साथै वडा नं ६ का वडाध्यक्ष शिवराज पौड्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं ६ का सम्पुर्ण जनप्रतिनिधि विभिन्न सङसंस्थाका प्रतिनिधि स्थानिय बासी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै समितिका अध्यक्ष खड्ग पंधाक सुब्बाले बर्षको दुई पटक बैसाख पूर्णिमा र कात्तिक पूर्णिमाको दिन ठुटेवर परिषरमा मेला लाग्ने गरेको बताउदै स्थानीय स्तरमा उपलब्ध कृषि सामाग्रीको प्रोत्साहन तथा त्यहाँको साँस्कृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्न मेला लगाउने तयारि रहेको बताउनु भयो ।
परापूर्वकालमा बिहेमा जन्ती, न्याय अन्यायको छिनोफानो,आत्मीयता र सद्भाव साटासाट गर्दा–गर्दै मेलाको रुपमा परिणत भएको थियो इलाम र झापाको संगम स्थलमा रहेको ठुटेवर, आसपासका क्षेत्रमा जनसंख्याको चाप बढ्दै जाँदा मेलाको स्वरुप पनि बेग्लै हुदै जाने गरेको र मेला लाग्न थालेपछि झापा, इलाम, मोरङ र भारतको दार्जिलिङबाट समेत मानिसहरु मेला भर्न आउने गरेको समितिका सचिब कृष्ण आचार्यले बताउनु भयो ।
ठुटेवर मेलामा स्थानीय स्तरमा पाईने, उखु, तरुल, सुन्तला, बासँबाट बनिने सामाग्री डोको, नाम्लो, थुन्से लगायतका सामाग्री सो मेलामा किनवेच हुने गरेको थियो ।
तर आधुनिकता संगसंगै ती सामाग्रीको विक्रि–वितरणमा कमी आउन थालेको स्थानीय सी एम ढुङ्गेलले बताउँनु भयो ।
ठुटेवर मेलामा ,बिभिन्न साहित्यिक कार्यक्रम, अन्तर बिद्यालय र क्लव स्तरीय साँस्कृतिक कार्यक्रम, बिभिन्न खेलहरु र हरेक साँझ स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको साँगीतिक कार्यक्रम रहने मेला आयोजक समितिले जनाएको छ ।
कोरोना कहरले गर्दा दुई वर्ष एता लाग्न नसकेको ठुटेवर मेला यहि कार्तिके पुणिमाको अवसरमा पारेर लाग्ने भएको छ । यसबर्ष पनि झापा, इलाम, लगायत छिमेकि मुलक भारतको दार्जिलिङ सहित करिव ५० हजार जनाले मेलाको अवलोकन गर्ने आयोजक समितिले अपेक्षा राखेको छ ।
करिब ५।६ सय वर्ष पुरानो बरको रुख परिषरमा लाग्दै आएको मेला, वि.स. २०६४ साल भदौ २० गते ढले पछि, सोही स्थानमा नयाँ बरको रुख रोपिएको थियो । यो पटक पनि त्यहाँको सौन्दर्य र यहाँको पहिचान संरक्षण गर्न, बिभिन्न लोक साँस्कृतिक कार्यक्रम आयोजना गर्ने मेला आयोजक समितिका सचिव कृष्ण आचार्यले बताउनु भयो सो स्थानमा समितिले आन्तरिक तथा बाह्रय पर्यटक भित्राउन विभिन्न कृषि सामाग्रीका स्टल र स्थानिय र राष्ट्रिय स्तरका कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।