
इलामको सूर्योदय नगरपालिका वडा नं. १० ले सीप बिकास रोजगारीमुलक बेमौसमी ३ दिने तरकारी खेति सम्बन्धि तालिम सम्पन्न गरेको छ । याङ टोल र आदर्श टोलका १५ जनाको समूह बनाई कुषि सेवा शाखा फिक्कलका प्राबिधिक अस्मिता गदाल साथै जोशिले तालिमको सहजिकरण गर्नुभएको थियो ।
तालिममा कृषि फार्ममा प्रयोगात्मक तालिम सन्चालन गर्नुभएको थियो तालिमको समापन गर्दै याङ टोल र आदर्श टोलका महिलाहरूको समुहलाई १५ वटा प्लाष्टिक टनेल समेत वितरण गरिएको थियो
सूर्योदय नगरपालिका वडा नं. १० को आर्थिक बर्ष २०७९÷०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिला सिप विकास तथा रोजगारी मुलक कार्यक्रम अन्तर्गत महिलालाई टनेल बितरण गरीएको हो ।
वडाले महिलालाई बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिई तालिमलाई उपलब्धी मूलक बनाउनका साथै बेमौसमी तरकारी खेती प्रति प्रोत्साहन गर्ने उद्देश्यले टनेल वितरण गरिएको वडाध्यक्ष पेमा उगेन लामाले जानकारी दिनु भयो ।
यश अघिपनि वडाले आफ्ना वडाका किषान हरूलाई विभिन्न कृषि सामाग्री वितरण गरेको अध्यक्ष बताउनु हुन्छ सुर्योदय नगरपालिका कृषिमा सम्भावना बोकेको नगरपालिका भएकाले कषिलाई व्यावसाहिक र आधुनिकिकरण गर्न नगरपालिका लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो सरकारी लिएर काम नगर्ने तथा अनुदानलाई दुरूपयोग गरेको पाईएमा कारबाही पनि गरिने बताउदै सरकारको अनुदानलाई सदुपयोग गरेर आफ्नो लगानि बढाई आत्मनिर्भर बन्न कुषकलाई आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रमबाट लाभाम्वित समूहले नमुना योग्य काम गरि अन्य समुहलाई पनि बेमौसमी तरकारी खेती प्रति आकर्षित गर्न महत्पूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको वडाध्यक्ष लामाले जानकारी दिनु भयो ।
सूर्योदयको नगरपालिकाको विकास विस्तार र प्रबर्धन आाफुलागि परेको बताउदै अध्यक्ष भन्नुहुन्छ , कृषकहरूलाई परम्परागत खेति प्रणालिको विकल्पमा यान्त्रिकरण र आधुनिकिकरण गर्न अग्रसर बनाउने उद्धेश्यले नगरपालिकाले प्लाटिक टनेल वडाध्यक्ष सहितका जनप्रतिनिधिले बितरण गरेको बताउनु भयो ।