
ज्ञानु भट्टराई १२ असार , झापा । पछिल्लो समय निर्वाचन आयोगले निर्वाचन आयोगको नाममा चरम भ्रष्टाचार गरिरहेको भन्दै यस बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिको २०८० /३/९ गते सम्पन्न निर्वाचनमा आर्थिक पक्षको मितव्ययीता प्रति खुसि व्यक्त गर्दै बुद्धशान्ति वडा नं ४ का युवाहरूले निर्वाचन समितिका ५ जनालाई सम्मान गरेका छन।
सबक सिकौँ
आयोगको नाममा भइरहेको भ्रस्टाचार निर्मुल गरौँ
भन्ने उद्येस्यले निर्वाचन समितका
संयोजक :- Laxmi Mabo
सह-संयोजक : Nar Bahadur Thebe सदस्य :- Narendra Mishra
सदस्य :- Prakash Samsohang सदस्य :- मान बहादुर कालिकोटे लगायत ५ जनालाई सम्मान गरिएको थियो ,उनिहरूलाई खदा अविर साथै सम्मान पत्र द्वारा सम्मान गरिएको संयुक्त युवा परिवारका बुद्धशान्ति ४ का संयोजक अरून कुमार थेबेले बताका छन।
बुद्धशान्ति गाउँपालिका वडा नं ४ भोगोलिक अवस्था र जनसंख्याको आधारले पनि विभिन्न सङ संस्था मा प्रतिनिधि छान्नलाई चुनाब नै गर्नु पर्ने भएकाले चुनाबको खर्च निकै बढेर गएको अवस्थामा श्री बर्ने स्किम खानेपानी तथा सरसफाई समितिलाई १ हजार १ सय ८ जना मतदाता उपभोक्ता रहेको संस्थाको चुनाव खर्च जम्मा ५० हजारमै निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन समितिका ५ जनालाई सम्मान गरेको संयुक्त युवा परिवार बुद्धशान्ति ४ का सह संयोजक पुर्ण सुहाङले बताएका छन ।
पछिल्लो समय संयुक्त युवा परिवार बुद्धशान्ति ४ सामाजीक कार्यमा निकै अगाडी देखिन्छ।
के के गरे सामाजिक कार्य ?
बिगत केही बर्ष देखि वडा नं ४ परिसर भित्रका सार्वजानिक स्थल मठ मन्दिर गुन्बाहरूमा सरसफाई , स्थानिय युवाहरूलाई लागू अौषध दुर्व्यसनि बाट टाढा राख्न जनचेतना मुलक कार्यकमको पहल,
लकडाउनको समयमा बुद्धशान्ति स्काउटले आयोजना गरेको कोरोना पिडितहरुलाई पौष्टिक आहार वितरण गर्ने कार्यमा उहाँहरु सँगै घर घर गएर वितरण गर्ने कार्यमा सहयोग, ४ नम्बर वडा भरिका अव्यवस्थित बिजुलीका पोलहरुलाई सम्बन्धित निकायमा ध्यानाकर्षण गराई चाँडो भन्दा चाँडो फेरबदल गराउने कार्यमा सहयोग ।
स्थानीय युवाहरुलाई लागू अौषद दुर्व्यसनबाट टाढा राख्न विभिन्न सामाजिक कार्यहरुमा जोड्ने पहल, २०७९/११/२७ गते ४ नं वडा कार्यलयको सहयोगमा नि:शुल्क आँखा शिविर गुराँस बस्तीमा सञ्चालन गरि १०१३ जनालाई सेवा प्रदान ।
खेलाडिहरूलाई प्रोत्सानहन गर्ने उद्येस्यले वडा नं ४ भित्रका विभिन्न युथ क्लबहरुलाई खेलकुद सामाग्री वितरण,
२०८०/२/२६ गते नं ४ वडा कार्यलयको सहयोगमा श्री नवज्योति सामुदायिक बन परिसर भित्र कुम्बिखाल नवज्योति सिमसार क्षेत्र सरसफाइ तथा रङरोगन गरि आन्तरिक पर्यटकिय स्थलहरुलाई थप आकर्षक बनाउने लगायतको कार्य गर्दै आएको संयुक्त युवा परिवारका संजोजक अरून कुमार थेबेले बताएका छन।
युवा कल्बको भावी योजना के छ ?
वडा नं ४ का विभिन्न सामाजिक संघ-संस्थाहरुमा भईरहेको अनियमितता र भ्रष्टाचार विरुद्ध साङ्केतिक कार्यक्रमहरु गरि सचेत गराउने ,
हरेक टोलका विभिन्न दलमा आवद्ध युवा युवतीहरुलाई एक ढिक्का बनाई सामाजिक गतिविधिहरुमा सरिक बनाउने ,
सकरात्मक सोच भएका र सक्षम युवाहरुलाई नेतृत्व गर्ने गरि अगाडि बढाई थप युवाहरुलाई प्रोत्साहन गर्ने ,
४ नम्बर वडा भित्रका बन्दै गरेका आन्तरिक पर्यटक स्थलहरुलाई व्यवस्थित बनाउन विभिन्न निकायमा पहल गरि प्रवर्द्धन गर्ने,
गरिब दुःखी र असहायहरुका निमित्त अग्रजहरुको सुझाव अनुरुप विभिन्न कार्यक्रम मार्फत सहयोग जुटाउने
कल्बका संयोजक अरून कुमार थेबेले बताएका छन, ।