
ज्ञानु भट्टराई । झापाको बुद्धशान्ति गाउँपालिकामा रहेको दलित विकास समन्वय समिति बुद्धशान्तिको आयोजनामा तथा बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा असार ५ गते देखि ७ दिने उद्घोषण तालिम, ७ दिने पत्रकारिता तालिम, १० दिने चप्पल बनाउने तालिम, २० दिने नौमती बाजा बजाउने तालिम र १ दिने कानुनी सचेतना गोष्ठी तथा सवाल जवाफ कार्यक्रम गर्दै सोमबार समापन गरेको छ ।
राम जानकी मन्दिरको सभाहलमा भएको कार्यक्रममा दलित विकास समन्वय समिति बुद्धशान्ति अध्यक्ष वीरेन्द्र कुमार घतानीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमूख आतिथ्यता गाउँपालिका कार्यपालिका सदस्य भिम धमला,रामजानकी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टंक काफ्ले (विकल्प), वडा नं १ वडासदस्य सुमित्रा रसाइली, वडा नं २ वडासदस्य बिमला बि.क.वडा नं ३ वडासदस्य लिला परियार, वडा नं ४ वडासदस्य दुर्गा ढुंगेल वडा नं ६ वडासदस्य प्रमिला परियार , नेकपा एमाले बुद्धशान्ति गाउँसमिति अध्यक्ष नेत्र रिजाल, बुद्धशान्ति उद्योग वाणिज्य संघ अध्यक्ष चन्द्र प्रसाद उप्रेती , दलित मुक्तिमोर्चा केन्द्रिय सदस्य प्रेम कुमार ल्वागुन तालिम सहजकर्ता लगायत पत्रकारको आतिथ्यता रहेको थियो।
तालिममा सहभागीहरूलाइ प्रशिक्षक ज्ञानेन्द्र निरौला र नरेश खातीले उद्घोषण तालिम, दिनुभएको थियो त्यस्तै पर्वत पोर्तेलले पत्रकारिता सम्बन्धि तालिम,र कमल मगरातीले चप्पल बनाउने तालिम,सन्चालन गर्नुभएको थियो। कमल ठटाल र लालवीर सिवाले नौमती बाजा बजाउने तालिम गराउनु भएको थियो ।
रामजानकी मन्दिरको सभाहलमा भएको कार्यक्रममा सूर्य बहादुर बि.क.ले सामाजिक समावेशीकरण सम्बन्धी मनु दियालीले महिला र दलित महिला अधिकार सम्बन्धी र नरेश खातीले मानव अधिकार र इन्सेक सम्बन्धी तालिमको सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रमका शुभकामना मन्तव्य राख्दै गाउँपालिका उपाध्यक्ष भवानि प्रसाद खतिवडाले तालिमले पक्कै पनि धेरै महिला दिदी बहिनी हरू रोजगार बन्नेमा विस्वास रहेको बताउनु भयो । प्रमुख अतिथि खतिवडाले गाउँपालिकाले यस अघि पनि महिला हरूलाई आर्थिक अवस्था सबल बनाउने कार्यक्रम सँगै लैगिक हिंसा न्युनिकरणको सवालमा पनि विभिन्न कार्यक्रम समेत संचालन गरेको बताउनु भयो, समापनमा प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
बुद्धशान्ति गाउँपालिकाबाट आार्थिक वर्ष ७९-८० मा दलित समन्वय समितिलाई ८ लाख बजेट विनियोजन भएको थियो ।
उक्त बजेटबाट भर्खरै ५ मूक शिर्षकका तालिम तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । सोही बजेटको प्रयोग गरि ढाका बुन्ने सिप भएका एकल तथा विपन्न महिलाकाहरूका लागि ४ थान ढाका बुन्ने मेसिन वितरणको फाराम खुलेको साथै बुद्धशान्ति गाउँपालिका भरिका दलित परिवारको तथ्याङ्क सङ्कलन गरिने समेत समिति अध्यक्ष वीरेन्द्र कुमार घतानीले जानकारी दिएका दिनु भयो ।