
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित मंगलबारे बजारमा अायोजित मंगलबारे च्यालेन्ज कप फुटबल प्रतियोगिता आज बाट सुरु भएको छ ।
मंगलबारे युथ क्लब बुद्धशान्ति ४ को अायोजनामा आज भएको खेलमा मंगलबारे युथ क्लब आयोजक र धुलाबारी ट्रेनिङ झापा बिच प्रतिस्पर्धा भएको थियो ।
खेल सूरू भएको पहिलो हाफमा दुबै तर्फ वाट कुनै पनि गोल हुन सकेन भने दोस्रो हाफमा खेलको १६ अौं मिनेटमा धुलाबारी ट्रेनिङ सेन्टरका आतित्य ढुङगेलले १ गोल गरेका थिए ।
दोस्रो हाफको निर्धारीत समयमा मंगलबारे युथ क्लबले कुनै पनि गोल फर्काउन नसकेपछि धुलाबारी ट्रेनिङ सेन्टरले ०/१ गोलको अन्तरले हराउदै धुलाबारी ट्रेडिङ सेन्टर झापा सेमिफाईनलमा प्रवेश गरेको हो ।
आज देखि सुरु भएको खेलमा विभिन्न ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने खेलमा एभर ग्रिन इलाम र शनिश्चरे एफ सी अर्जुनधारा बिच हुने मंगलबारे युथ क्लबका अध्यक्ष तेज कुवर( क्षेत्रिले ) बताउनु भयो ।
प्रतियोगिताको फाइनल खेल यही कात्तिक ४ गते हुनेछ भने प्रतियोगिताको विजेतालाई २५ हजार नगद, ट्रफि र मेडल त्यस्तै दोस्रो हुनेलाई १५ हजार नगद, ट्रफि र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच पनि घोषणा गरिने र म्यान अफ द म्याच भएका खेलाडीलाई पुरस्कृत समेत गरिने बताईएको छ ।
आज देखि सुरु भएको प्रतियोगिताको उद्धघाटन बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायको प्रमुख अातिथ्यता रहेको थियो , बुद्धशान्ति खेलाडी चयन संयोजक करण थेबे, टिमाई वेस क्याम प्रमुख राम लिम्बू लगायतको आतिथ्यता,रहेको थियो ।
मंगलबारे युथ क्लबको आयोजना गरेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ यस संस्थाले युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल ,कराते ,क्रिकेट लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा बेस्त बनाउने र उनिहरुकाे खेलकुदमा बेस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिरहेको क्लबका खेल मैदान संरक्षण समितिका सचिब ज्ञानु लिम्बुले बताउनु भयो ।
अाज भएको उद्धघाटन कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर रायले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन खेल समितिका सचिब युद्ध लिम्बुले गर्नुभएको थियो ।