
झापाको बुद्धशान्ति गाउँपालिकामा आगामी २०८१ बैशाख १५ देखि २२ गते सम्म तेस्रो आदर्श च्यालेन्ज कप अन्तर्राष्ट्रिय आमन्तत्रण नकआउट फुटबल प्रतियोगिता संचालन हुने भएको छ ।
आदर्श युवा क्लब बुद्धशान्तिले आयोगना गर्ने सो प्रतियोगितामा नेपाल र भारत सहित ८ टोलीको सहभागिता रहने छ ।
आदर्श युवा क्लबका पूर्व अध्यक्ष मनेश दाहालको संयोजकत्वमा हुन लागेको यो प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि दुई सय १ सदस्य मुल आयोजक समिति, २५ सदस्य सचिवालय समिति र १० वटा विभागिय उपसमितिहरु निर्माण गरि तिब्र रुपमा तयारी भइरहेको क्लबका अध्यक्ष मात्रिका श्रेष्ठले जानकारी दिनु भयो ।
स्थानीय बुद्ध आदर्श मा.वि.को खेल मैदानमा आयोजना हुने प्रतियागिताका लागि खेल मैदानको तयारी अन्तिम चरणमा पुगेको, दाता तथा प्रायोजक संघ संस्था तथा सहभागी टीमहरुसँग समन्वय भइ रहेको संयोजक दाहालले बताउनु भयो ।
प्रतियोगिताको विजेता टोलीले नगद दुई लाख र उपविजेताले एक लाख नगद सहित ट्रफी, मेडेल तथा प्रमाण प्रत्र प्राप्त गर्नेछन् भने प्रत्येक खेलमा म्यान अफ द म्याच, तथा प्रतियोगिताको उत्कृष्ट गोलकिप्पर, हाई स्कोरर, म्यान अफ द टुर्नामेन्ट र फेयर प्ले टीम बिधामा नगद तथा अन्य पुरस्कार प्रदान गरिने दाहालले जानकारी दिनु भयो ।