
झापाको बुद्धशान्तिमा जारि दोस्रो होक्से च्यालेन्ज कप फुटबल प्रतियोगिताको आज भएको खेलमा सैनिक NFC लाई ३- १ गोल अन्तरले हराउदै शनिश्चरे FC विजयी भएको छ । आज भएको खेलमा शनिश्चरे FC जर्सि नम्बर १७ का निमा तामाङ म्यान अफद म्याच घोसीत भएका थिए भने भोलि हुने खेलमा मेचिनगर वाहुन्डागी न्यु स्टार क्लब खोपबारि बिच हुने बताईएको छ जेष्ठ १२ देखि बुद्धशान्ति १ स्थित त्रिभुवन माद्यमिक विद्यालयको खेल मैदानमा भैहिरहेको प्रतियोगिताको विजेता टिमले नगद ५० हजार सँगै मेडल ट्रफि र प्रमाण पत्र पाउनेछन भने उपविजेताले नगद ३० हजार रुपैयाँ संगै मेडल, ट्रफी र प्रमाण पाउने आयोजक समितिका अध्यक्ष आशिस बरालले बताउनु भयो छ l
झापा इलाम गरि जम्मा ८ वटा टिमको सहभागितामा हुन लागेको प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको दोस्रो होक्से च्यालेन्ज खेल संयोजक बालकुमार राईले बताउनु भयो ।
प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर,र उच्च गोलकर्ताले समेत पुरस्कार पाउनेछन भने
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद पुरस्कार समेत वितरण गरिएको आयोजक समितिका सचिब टेक नाथ ढकालले जानकारि दिनु भयो ।
१२ गते देखि १९ गते सम्म सन्चालन हुने खेललाई संयमित र मर्यादित ढंगबाट सन्चालन गर्न
बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीले निशुल्क स्वयम् सेवकहरू लाई टिसट सहयोग समाज सेवि सन्तोस कुमार मगरको सम्झनामा कृष्ण मगरले पहिलो पुरस्कार सहयोग गर्नु भएको साथै एभरेष्ट साबन उद्योग बाट दोस्रो पुरस्कार सहयोग गरेको बताउदै
विभिन्न संघ संस्थाहरूको सहयोग साथै स्थानीय युवाहरु एक जुटभएर लागेको देख्न सकिन्छ ।