
झापाको बुद्धशान्तिमा श्री नौलो विहानि उद्यमी महिला समुहकोआयोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा लागु औषध दुर्ब्यसन विरुद्ध सचेतना मुलक डकुमेन्ट्रि भिडियो प्रदशर्नी तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
बुधबार बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको न्यु एभरग्रिन वोडिङ स्कुलमा लागुऔषध दुर्ब्यसन विरुद्ध जनचेतनामुलक डकुमेन्ट्रि भिडियो सामाग्री प्रोजेक्टरको माध्यम बाट विद्यार्थिहरूलाई देखाईएको थियो ।
लागु औषध सेवनले युवाहरु लाई दिनप्रतिदिन नकारात्मक असर पारिरहेको र यस बाट सिङ्गो समाज र राष्ट्र लाई नै हानी गरिरहेको हुँदा यस बाट जतिसक्दो टाढा नै रहनु पर्ने भन्ने मुल सन्देशका साथ जनचेतना मुलक डकुमेन्ट्री भिडियो सामाग्री प्रदर्शनी गरिएको थियो । कार्यक्रममा श्री नौलो विहानि उद्यमी महिला समुहकी याम माया नेम्वाङको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रूपमा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष शेर वहादुर रायको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा आफ्ना भनाई राख्दै प्रमुख अतिथि वडा नं ४ का अध्यक्ष शेर वहादुर रायले भन्नू भयो यस्ता खाले जनचेतना मुलक कार्यक्रम बुद्धशान्तिका अन्य विद्यालयहरूमा पनि गर्न जरूरी रहेको बताउनु भयो उहाँले भन्नुभयो मदिराले धेरैको घरवार बिगारेको छ दिन प्रतिदिन लागु अौषध दुव्यर्सन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएकाले यसलाई जरै बाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवस्यक रहेको बताउदै वडाको तर्फबाट श्री नौलो विहानि उद्यमी महिला समुह परिवारलाई धन्यबाद समेत दिनुभएको थियो ।
रिकभरी ग्रुप बुद्धशान्ति ४ सहआयोजकको रूपमा रहेर गरेको कार्यक्रममा सहआयोजकका सदस्य डम्बर लावतिले कार्यक्रमको अौतित्यमाथि प्रकाश प्रार्नु भएको थियो कक्षा ९/१० का १५० बढि विद्यार्थिहरूलाई फ्रिडम सुधार केन्द्र मेचिनगर बाट आउनु भएका प्रशिक्षक संदिप थापाले प्रशिक्षण गराउनु भएको थियो ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल तिलक पाख्रिङ बेद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य भिम धमला वडा सदस्य आइतराज लिम्बू, वडा सदस्य सशिकला विक, आशीर्वाद सुधार केन्द्रका उपाध्यक्ष अम्बर सांवा समाज सेवि सुमन राई ,बालकृष्ण लावती , चुडामणि निरौला , शिक्षक विद्यालयमा अध्ययनरत विद्यार्थी, अभिभावक स्थानिय वासि संस्थाका सम्पुर्ण पदाधिकारी लगायतको उपस्थितिमा
विद्यार्थिहरुलाइ लागुऔषध विरुद्धको सचेतनामुलक भिडियो प्रदर्शनी गरिएको कार्यक्रमको संचालन स्थानिय समाज सेवि प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।