झापाको बुद्धशान्ति गाउँपालिकाबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले दुई युवालाई पक्राउ गरेको छ ।
बुद्वशान्ति–४ सट्टाभर्नामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख सुवास शेर्पाको कमाण्डमा खटिएको प्रहरी टोलीले आइतबार बेलुका ४:३० बजेको समयमा बुद्धशान्ति ४ सट्टाभर्नाका २५ वर्षीय सम्बर राई साथै २३ वर्षिय सुरेन्द्र राईलाई शंका लागि चेकचाँच गर्दा उनको साथबाट प्लाष्टिकबाहेक १ ग्राम ५३० मिलिग्राम ब्राउनसुगर फेला परेकोले उनिहरूलाई प्रहरिले पक्राउ गरेको हो । प्रहरिका अनुसार लागुऔषधसहित प्रक्राउ पर्नेमा एकै घरका दुईजना दाजुभाई रहेको बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख सुवास शेर्पाले जानकारि दिनु भयो ।
त्यस्तै, प्रहरीले उनिहरूको साथबाट सामसुङ मोबायल १ थान , नगद रू ६०० सय १५ रूपयाँ नेपाली पैसा , कालो साईड व्याग १ थान , स्माट घडि १ थान ,पनि बरामद गरेको छ ।
उनीहरूमाथि इलाका प्रहरी कार्यालय धुलाबारिमा थप अनुसन्धान भइरहेको बुधबारे इलाका प्रहरी कार्यालयका प्रमुख शेर्पाले बताउनु भयो ।