झापाको कन्काई नगरपालिकामा केही दिन अघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
इलाम घर भई कन्काई १ मा बस्दै आएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाँईको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मंगलबार दिउँसो ३ः३५ बजे मृत्यु भएको हो ।
उनलाई साउन १७ गते बिहान ९ः४० बजे कन्काई १ को जुके कल्भर्टस्थित पूर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको को ३८ प ५३६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
घाइतेलाई उपचारका लागि बिर्तासिटी अस्पताल ल्याइएको थियो । दुर्घटनापछि मोटरसाइकल चालक मोरङ पथरीशनिश्चरे-४ बस्ने अन्दाजी ४० वर्षीय दुर्गाप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको डीएसपी प्रकाश विष्टले जानकारी भयो ।