मौसम प्रतिकूलको कारण देखाउँदै तीन महिनायता ठप्प इलाम नगरपालिका–९ मा रहेको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल सञ्चालन हुने भएको छ ।
भोलि (बिहीबार) देखि इलाम–काठमाडौं उडान हुने भएको हो । विमानस्थलका स्टेसन इन्चार्ज दिनेश सुन्दासले अब प्रत्येक बिहीबार उडान हुने जानकारी दिए ।
नेपाल एयरलाइन्सको जहाजले गत जेठ १३ मा उडान भरेयता विमानस्थल बर्खाका कारण बन्द थियो ।
जेठ १७ मा काठमाडौंबाट आएको जहाज अवतरण गर्न नसकेर फर्केको थियो ।
नेपाल एयरलाइन्सले २०७९ माघ १ देखि काठमाडौं–इलाम–काठमाडौं उडान गरिरहेको छ ।
यसअघि नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार उडान गरेको भएपनि अब भने बिहीबार मात्रै हुने भएको छ ।