झापाको बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको झापा जिल्ला अन्तरपालिका पुरुष T-20 पुरुष क्रीकेट प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् ।
पहिलो खेलमा शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका बिच अत्यन्तै प्रतिस्पर्धात्मक खेल सुपर ओभरमा झापा गाउँपालिका बिजयी भएको थियो।
टस जितेर पहिले ब्याटिङ गरेको झापा गाउँपालिका निर्धारित २० ओभरमा अन्तिम बल मा अलआउट हुँदै १६३ रन बनाएको थियो ।
१६४ रनको लक्ष्य पछ्याएको शिवसताक्षी नगरपालिकाले २० ओभर नखेली अलआउट हुँदै समान १६३ रन बनाउन सफल भयो ।
शिवसताक्षीका लागि बिस्फोटक २८ बलमा ९४ रन बनाएका शिवसताक्षीका सुजन थपलियाको पारी जितमा परिणत हुन असफल भयो ।
रोमाञ्च खेलको नतिजा झापा गाउँपालिकाले सुपर ओभरमा प्राप्त गरेको १५ रनको लक्ष्य अन्तिम १ बल बाकी हुँदा प्राप्त गर्यो।
झापा गाउँपालिकाको जितमा बलिङमा ४ विकेट तथा ब्याटिङ मा २० रन र सुपर ओभरमा १ बलमा ६ रन बनाएका सजाद आलम खेलको म्यान अफ दि म्याच घोषित भए।
त्यसैगरी दोश्रो खेलमा हल्दिबारी गाउँपालिका विरुद्ध मेचीनगर नगरपालिका १८६ रनको विशाल अन्तरले बिजयी भएको थियो ।
पहिले ब्याटिङ गरेको मेचीनगर नगरपालिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै प्रतियोगिता कै उच्च योगफल विशाल ३२० रन बनाएको थियो।
मेचीनगरका लागि कप्तान आयुष कार्कीले प्रतियोगिताको पहिलो सतक प्रहार गर्दै ५५ बलमा १२३ रन बनाएका थिए भने बिराट डागीले ६२ ,सन्दिप ढुंगानाले ६५ रन बनाएका थिए।३२१ रबको विशाल लक्ष्य पछ्याएको हल्दिबारी गाउँपालिकाले अल आउट हुँदै मात्र १३४ रन मात्रै बनाउन सफल भयो।
मेचीनगरको जितमा ब्याटिङमा १२३ रन बनाएका आयुष कार्की खेलको म्यान अफ दि म्याच घोषित भएको ।
भोलि माघ १४ गतेको पहिलो खेल बुद्धशान्ति गाउँपालिका विरुद्ध गौराहदह नगरपालिका र दोश्रो खेल भने कचनकवल विरुद्ध गौरिगन्ज गाउँपालिका बिच रहने बताईएको ।