झापाको बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका क्वाटर फाईनलमा प्रबेश गरेका छन् ।
आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्दै टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो ।
२१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो ।
बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए ।
त्यसैगरी आजै भएको दोश्रो खेलमा बाह्रदशी गाउँपालिका विरुद्ध कनकाई नगरपालिका ३४ रनले बिजयी भएको छ ।
पहिले ब्याटिङ गरेको कनकाई नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
भने १८३ रनको लक्ष्य पछ्याएको बाह्रदशी गाउँपालिका ८ विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सफल भयो । कनकाईको जितमा ब्याटिङमा २६ रन बनाउनुका साथै बलिङमा २ विकेट लिएका अनिश न्यौपाने म्यान अफ दि म्याच घोषित भए ।
भोलि माघ १३ गतेको पहिलो खेल झापा गाउँपालिका विरुद्ध शिवसताक्षी नगरपालिका र दोश्रो खेल भने मेचीनगर नगरपालिका विरुद्ध हल्दिबारी गाउँपालिका बिच रहने बताईएको छ ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाउने अध्यक्ष मदन प्रसाईंले जनकारी दिनु भयो ।