May 10, 2024

Uncategorized

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित चखेवा होटलमा बुधबारे जेसिजको आयाेजनामा We Lead तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा बुधबारे जेसिज वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालको अध्यक्षता बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडा प्रमुख आतिथ्यता ,साथै महिला च्याम्वर बुद्धशान्तिकी अध्यक्ष देव कुमारी श्रेर्मा बुधबारे जेसिजका निवर्तमान अध्यक्ष सिनेटर मुकेस भट्टराई ,मानर्थ सदस्य दिपेन सिटौला,पुर्वअध्यक्ष जेसि नन्दकुमार याफ्फु राई, पूर्व अध्यक्ष जेसी सेमन्त पोख्रेल , तथा बोडका सम्पुर्ण पदाधिकारि हरूको उपस्थिति रहेको थियो ।


वर्ष २०२३ जेसिजका कार्यकारिणी उपाध्यक्ष जेसि विनोद रिजालको संयोजकमा भएको कार्यक्रममा नेपाल जेसिजकी कार्यकारिणी उपाध्यक्ष रजनी थापाले कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ,तालिममा करिब १ दर्जनबढि संघसंस्थाका प्रतिनिधि साथ १०० जना महिलाहरूकाे सहभागी रहेकाे थियाे ।

बुद्धशान्ति गाउँपालिका वडा नं ३ मा रहेको चखेवा होटको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका कार्यपालिका सदस्य तुलसा खतिवडा, महिला च्याम्वर बुद्धशान्तिकी अध्यक्ष देव कुमारी श्रेर्मा तालिममा सहभागिको तर्फ बाट कार्यपालिका सदस्य बुध्दशान्ति गाउँपालिका वडा नं ४ कि वडा सदस्य दुर्गा ढुङ्गेल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।


यसअघिपनि बुधबारे जेसीजले बुद्धशान्तिका विभिन्न ठाउँमा गएर सामाजीक कार्य गरेको बताउदै महिलाहरूलाइ पनि नेतृत्वमा अघि बढाउनुपर्छ भन्ने उद्देश्यले तालिम संचालन गरिएकाे बुधबारे जेसिज वर्ष २०२३ का अध्यक्ष जेसि अर्जुन ढकालले बताउनु भयो ।

बुधबारे जेसिजले बुद्धशान्ति गाउँपालिकाको सहकार्यमा प्रहरी सगँको सहकार्यमा ट्रार्फिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम बिभिन्न रोगको स्वाथ्य शिविर साथै जेष्ठ नागरिक हरूलाई सम्मान साथै न्यानो कपडा वितरण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आएको बुधबारे जेसिजका वर्ष २०२३ का अध्यक्ष अर्जुन ढकालले बताउनु भयो ।


त्यस्तै बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष विनोद रिजालले कार्यक्रममा उपस्थित अतिथिहरूलाई साब्दिक स्वागत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा बुधबारे जेसिजका स्वाथ्य संम्योजक जेसिज दुर्योधन देव सिङले जेसीज आस्था बाचन गर्नुभएको थियो ,भने कार्यक्रमको सन्चालन बुधबारे जेसिजका महासचिब जेसि कुसल अधिकारिले गर्नु भएको थियो कार्यक्रममा उपस्थित सम्पर्ण अथिति हरूलाई समापन सगै मायाको चिनो समेत वितरण गरिएको थियो ।

इटहरी उप महानगर पालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् ।
एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेका चौधरी प्रदेशसभाको निर्वचनमा माओवादीका तर्फबाट उम्मेदवार भएका थिए ।

मेयर हुँदा विवाद र चर्चामा आएका चौधरी काङ्ग्रेस सँगको गठबन्धन हुँदा समेत सुनसरी २(१) बाट पराजित भए ।

निर्वाचनमा पराजित भएपछि मौन रहेका चौधरीले आफ्नो घरमा अरू आएर रजाइँ गरेकाले एमालेमै फर्किएको बताए ।

इटहरी / जीवन विज्ञान प्रतिष्ठानले यही फागुन २० गते इटहरीमा पूर्वाञ्चल जागरण उत्सव गर्ने भएको छ । जागरण उत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम भएको छ ।

जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्ति एवम् समृद्दिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि काम गर्ने प्रतिष्ठान हो ।

तनाब, चिन्ता, निरासा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधीसहित नेपालभरका प्रतिष्ठानमा सहभागी आउने विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठान कोशी संयोजक बालिका खड्का भट्टराईले बताउनुभयो ।

इटहरी उपमहागनरपालिकाका मेयर हेमकर्ण पौडेलले हरेक व्यक्तिलाई निरोगी बनाउने प्रतिष्ठानको अभियानमा उपमहानगरपाकिाले पूूर्ण सहयोग गरेको र जागरण अभियानले स्वस्थ्य तथा निरोगी बनाउन थप लाभ पुग्ने बताउनुभयो ।

उहाँले जागरण अभियान कार्यक्रमलाई उपमहानगरपालिकाले आफ्नो कार्यक्रम ठानेर सम्पूर्ण सहयोग गर्ने पनि बताउनुभयो । कार्यक्रम इटहरी रंगशालामा हुनेछ ।

झापाको मेचीनगर १२ का युवा समुहको आयोजनामा लागू औषध विरुद्ध साङगीतिक कार्यक्रम सम्पन्न भएको छ संस्थाका अध्यक्ष अनुप दाहाल को अध्यक्षता मेचीनगर नगरपालीकाकाढ मेयर गोपाल बुढाथोकीको प्रमुख आथित्यता मेचीनगर भूमी सुधार प्रमुख अमीत खम्बु ईलाका प्रहरी कार्यलय धुलाबारी प्रमुख अनिल माबो ,smart jim संचालक रबिन मेचे को आथित्यता रहेको कार्यक्रममा समाजसेबीहरु राजेन्द्र सापकोटा ,राम कुमार कार्कीको अाथित्यतामा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यबाद दिदै प्रमुख अतीथी मेचीनगर नगरपाली मेयर गोपाल बुढाथोकिले शुभकामना मन्तव्य राखेका थिए । मेचीनगर मा युवाहरुले एस्तै राम्रा र युवाहरु लक्षित सचेतना मुलक कार्यक्रम राखेकोमा खशि व्यक्त गर्दै नगरपालीकाको सधै साथ र सहयोग रहने पनी उनले बताए ।
कार्यक्रम को संचालन मेचीनगर १२ युवा समुहका सचीब रमिर श्रेष्ठ ले गरेका थीऐ भने विभिन्न ब्यान्ड हरुको प्रस्तुती समेत रहेको थियो ।कार्यक्रममा दार्जीलिङ बाट आउनु भएका motivational speaker प्रिमीयम भुटीया ले आफुपनी पहीला लागू औषध सेवन गर्ने ब्यक्ति भएको र पछी लागू औषध छाडेपछी आफुले नया जीबन पाएको बताउदै चारआली लाई लागू औषध मुक्त बनाउन पनीजोड दिएका छन, ।आशिर्बाद प्रतिष्ठान सुधार केन्द्र का सन्चालक प्रेम साँबा लिम्बू ले पनी मन्तब्यको क्रम मा लागु औषध रोग न भई खराब बानी हो यसलाई सुधार्न आफै बाट सीक्नु पर्छ भन्दै आग्रह समेत गरेका छन ा   

(more…)