
झापाको बुद्धशान्ति गाउँपालेकाले गाउँपालिकाका सबै वडामा र अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्रहरूमा गरि जम्मा २९ ठाउँमा सिसि क्यामेरा जडान गरेको छ ।
बुद्धशान्ति गाउँपालिकाले सडक दुर्घटना न्युनिकरण चोरी डकैति लाघु अौषध बेचबिखन लगायत विभिन्न खाले अपराधीक गतिविधि रोक्ने उदेश्यले सिसि क्यामराको मनिटरियन गरि बुद्धशान्ति गाउँपालिका साथै इलाका प्रहरी चौकीबाट हेर्न सकिने र चौविसै घन्टा प्रहरीले गतिविधिको चौकीमा बसेर निगरानी गर्न सकिने सिसि क्यामेरा जडान गरिएको हो ।
बुद्धशान्ति गाउँपालिकाको आर्थिक बर्ष ८०/८१ को ९ लाख १५ हजार ६ सय ७६ रूपयाँको लागतमा २९ वटा क्यामेरा जडान साथै पुरानो लाई मर्मत समेत गरेर गाउँपालिकाको विभिन्न सार्वजानिक ठाउँ हरूमा सिसि क्यामरा जडान गरिएको बुद्धशान्ति गाउँपालिका सूचना प्रविधि अधिकृत तोषराज ठाकुरले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाका सातै वडा कार्यालय साथै,अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्र अब सीसीटिभी क्यामेराको निगरानीमा राखी बुद्धशान्ति गाउँपालिका र ईलाका प्रहरी कार्यालय बुधवारेले बुद्धशान्ति क्षेत्रभित्र सुरक्षा तथा अनिवार्य निगरानि राख्नु पर्ने भएकाले पालिकाले आफ्नै फाईवर नेटवर्क स्थापना गरि CCTV प्रणालि जडान गरिएको र बिद्युत प्रवाह,fiber cable ,network लगायतका विषयहरुले गर्दा यो कार्य आफैमा चुनौति पुर्ण भएकाले आगामि दिनहरुमा देखिएका सम्स्याहरुलाई समाधान गर्दै व्यवस्थित रुपमा अन्य स्थानहरुमा पनि CCTV जडान गरिने बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।