July 27, 2024

Uncategorized

बुद्धशान्ति ४ मा रहेको मुनामदन एकेडेमीले लागुऔषध प्रयोगविरुद्धको जनचेतनामूलक भिडियो निर्माण प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ । बुधबारे जेसीजले आयोजना गरेको अन्तरविद्यालय प्रतियोगितामा मुनामदन एकाडेमिले प्रथम स्थान हासिल गरेको हो । मुनामदन एकाडेमीले ट्रफी, प्रमाणपत्र तथा पाँच हजार नगद पुरस्कार प्राप्त गरेको छ। त्यस्तै दोस्रो स्थान ज्योति अंग्रेजी बोर्डिङ स्कुल तथा तेस्रो स्थान एराएभरग्रीन बोर्डिङ स्कुलले हासिल गरेका हुन  । ती विद्यालयहरूले पनि ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार पाएका छन् ज्योतिले तीन हजार तथा एराएभरग्रीनले दुई हजार नगद पुरस्कार प्राप्त गरे ।त्यस्तै, बेस्ट स्पिचको उपाधि सरस्वती आधारभूत विद्यालयका विद्यार्थी संयोग घिमिरेले पाए बेस्ट एक्टरको उपाधि त्रिभुवन माविकी छात्रा प्रेजिसा अर्यालले पाइन् ।

विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं, बुद्धशान्ति १ का वडाध्यक्ष तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष अनिल वाग्लेलगायत अतिथिहरूले पुरस्कार वितरण गर्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष मनोज  प्रसाईंले लागुऔषध दुर्व्यवसनको अवस्था भयावह रहेको अवस्थामा विद्यार्थीहरूले निर्माण गरेका भिडियोले लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना दिने विश्वास व्यक्त गर्नु भयो। प्रतियोगिताको निर्णायकहरूमा बुद्ध आदर्श माविका प्रधानाध्यापक कृष्णराज भण्डारी, अग्रज पत्रकार उमाकान्त खनाल, शिक्षासेवी गणेश निरौला, प्याब्सनबाट बिष्णु सापकोटा तथा बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगाल रहनु भएको थियो । बुधबारे जेसीजले लागुऔषध दुर्व्यसनविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको र आगामी दिनमा पनि गर्ने बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतले बताउनु भयो। कार्यक्रमको सञ्चालन बुधबारे जेसीजका महासचिव गजुहाङ योङहाङले गर्नुभएको थियो भने अध्यक्षता बुधबारे जेसीजका अध्यक्ष दुर्योधनसिंह राजपूतको रहेको थियो। बुधबारे जेसीजका उपाध्यक्ष सुरज दंगालले जेसीज आस्था वाचन गर्नुभएको कार्यक्रमको संयोजन कृष्ण ढकालले गर्नुभएको थियो। कार्यक्रममा विशेष अतिथि बुद्धशान्ति १ का वडाध्यक्ष अनिल वाग्ले, सामाजिक कार्यमा क्रियाशील मनेश दाहाल, निर्णायकका तर्फबाट गणेश निरौला, गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमल निरौलाले लगायतले क्रमस शुभकामना मन्तव्य राख्नु भएको थियो ।

अस्मिता वर्देवा ।  झापाको बुद्धशान्ति –४ मा भईरहेको स्थानिय किराँत युथ क्लब बुद्धशान्ति ४ को आयोजनामा मंगलबार बाट सन्चालन भएको टोल स्तरिय नकआउट फुटबल प्रतियोगिताको उपाधि सट्टाभर्ना टोलले उचालेको छ । शनिवार भएको फाइनल खेलमा  किरात युथ क्लब आयोजकलाई  ०/२ गोल अन्तरले हराउँदै सट्टाभर्ना टोलले उपाधि रक्षा गरेको हो ।उपाधि सँगै सट्टाभर्नाले नगद १० हजार ,ट्रफी र मेडल पाएको छ  भने उपविजेता किरात युथ क्लबले नगद ६ हजार, ट्रफी र मेडलमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच  सट्टाभर्नाका सिगेब लिम्बू भए  । त्यस्तै, उत्कृष्ट गोल किप्पर गुराँस बस्ति टोलका सुमित राउत भए भने उच्च गोलकर्ता सट्टाभर्ना टोलका आयुस राइ भएका थिए त्यस्तै उत्कृष्ट डिफेन्डर  गुराँस बस्तिका सुमित लिम्बु भएका थिए ।विजेता तथा उपविजेतालाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरवहादुर राय  प्रथम किराँत युथ क्लब  फुटबल प्रतियोगिताका टेक वहादुर लिम्बु लगायत अन्य अतिथि लगायतले पुरस्कार वितरण गर्नु भएको थियो ।खेललाई थप रोचक बनाउन  सट्टाभर्ना महिला टिम र आईतबारे महिला फुटबल क्लब विच सो म्याच खेल समेत भएको थियो । सो खेलमा सट्टाभर्ना टोललाई ०/२ गोल अन्तरले  हराउदै आइतबारे महिला टिम विजयी भएको थियो । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्नुका साथै खेल मैदानलाई स्तारोन्नती साथै खेलमा अनुशासनको महत्व सिकाउदै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उदेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक किराँत युथ क्लबका अध्यक्ष करण थेबेले बताउनु भयो ।बर्खा यामको समय भएकाले खेललाई मर्यादित र व्यवस्थापन गर्न स्थानीय युवाहरु एक जुट भएर कार्यक्रम सम्पन्न भएको बुद्धशान्ति खेलकुद विकास समितिका समिती बुद्धशान्ति ४ का बुद्धशान्ति ४ खेलकुद विकास समितिका उपाध्यक्ष कासी हाङ चाम्लिङ राईले बताउनु भयो  ।शनिवार भएको फाइनल  झापा जिल्ला फुटबल सघका उपाध्यक्ष  मनेस दहाल ,बुद्धशान्तिका गाउँपालिका कार्यपालिका सदस्य भिम धमला, वडा नं ४ वडा सदस्य सन्जित कुमार थेबे, न्युएभर विद्यालयका शिक्षक संजय लिम्बू , समाज सेवी,विजय लिङ्खिम, प्रकाश साम्सोहाङ समाज सेवि पुर्ण सुहाङ विभिन्न संघसंस्थाका प्रतिनिधि स्थानियहरूको बाक्लो  उपस्थिति रहेको थियो ।

झापाको मेचिनगर नगरपालिका वडा नं ९ मा मेचि वन सब डिवीजन कार्यलयका अधिकृत कुल प्रसाद भट्टराईको अध्यक्षतामा साथै मेचिनगर नगरपालिकाका वडा नं ९ का वडा अध्यक्ष कन्चन तामाको प्रमुख आतिथ्यतामा  मेचिनगर साथै बुद्धशान्ति संयुक्त मानव हात्ती द्वन्द न्यूनीकरणका निम्ति हात्ती आतंक बाट बच्न द्रुत  प्रतिकार्य टोली  गठन गरिएको छ ।

संयोजक होम पौडेल , मेचिनगर , बुद्बशान्ति ४ का सुमन खालिङको उपसंयोजकत्वमा ३० समिति गठन गरिएको छ ।

सदस्यहरूमा , डम्बर लावती, किरण मगर, सरन लिम्बू, लगायत ३० समिति चयन गरिएको बुद्धशान्ती ४ उपसंयोजक सुमन खालिङले बताउनु भयो ।

उपस्थित सम्पुर्ण अतिथीहरूलाई थोप्ले विरान सामुदायिक वनका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रमको आौचित्यमाथि प्रकाश पार्नु  बुद्धशान्ति वन महासंघका अध्यक्ष  प्रकाश साम्सोहाङले गर्नु भएको थियो ।

कार्यक्रममा मेचिनगर महासंघ अध्यक्ष जानुका ओलि, बुद्बशान्ति महासंघ अध्यक्ष प्रकाश सांसोहाङ,मेचिनगर वडा नं ९ का वडा सदस्य राजन खड्का, नवज्योति सामुदायीक वन उपाध्यक्ष  विनय लावती, बासवारी वनका अध्यक्ष अम्विका प्रसाईं मेचिनगर वन कार्यलय विट १ का अध्यक्ष  अमर फम्बो, विट नं २ का अध्यक्ष विर्ख तामाङ,थोप्ले विरान,वनका अध्यक्ष कृष्ण कोईराला लगायतको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन मेचीसव वन डिभिजन कार्यलयका सदस्य कर्ण विकले गर्नु भएको थियो

झापाको कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटपिट भएको छ ।

शनिबार बेलुका कचनकबल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मिँयाले ऐलानी जग्गाको आँपको रुख सम्बन्धी विषयलाई लिएर सोही स्थानका महेदिन मिँयासँग झगडा र कुटपिट हुँदा दुई पक्षका सात जना घाइते भएका छन् ।

कुटाकुटबाट एउटा पक्षको कचनकवल–४ का ४१ वर्षीय मुस्ताक मिँया, २५ वर्षीय सम्सेर मिँया र अर्को पक्षको सोही स्थानका २२ वर्षीय मोहम्मद सेर, ३० वर्षीय लालबाबु मिँया, २० वर्षीय अर्फिन मिँया, ५० वर्षीया लेजिना मिँया र ३९ को सम्शोधिन मिँया घाइते भएका छन् ।

घाइते सबैलाई उपचारका लागि ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा ल्याएको छ । सबैको अवस्था सामान्य रहेको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय केचनाबाट प्रनानि र बीओपी केचनाबाट सप्रनि समेतको टोली खटिएको जनाइएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ मा रहेको  श्री गणेश माध्यमिक  विद्यालयका विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गरिएको छ ।बुद्धशान्ति ४ मा रहेको सृजनशिल युवा समाजले आज एक कार्यक्रमको आयोजना गरि श्री गणेश माद्यमिक विद्यालयमा अध्यनरत कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ३० जना गरिव तथा जेहेन्दार बिद्यार्थिहरूलाई  ५५  हजार  बराबरको  शैक्षिक साथै  खेलकुद सामाग्री वितरण गरेको हो  ।सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिको अध्यक्षतामा भएको कार्यक्रममा  बुद्धशान्ति गाउँपालिका वडा नं ४ का अध्यक्ष  शेर वहादुर रायको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा प्रमुख  अतिथि वडा नं ४ का अध्यक्ष शेर बहादुर रायले विद्यार्थीहरूलाई  शैक्षिक साथै खेलकुद सामाग्री वितरण गर्दै यश सृजनशिल युवा समाजले  विगत केही वर्ष अगाडि देखिनै वडा नं ४ मा विभिन्न सामाजिक कार्य गर्दै  समाजमा  छुट्टै छाप छोड्न थालेको  बताउदै संस्थाको खुलेर प्रशंसा गर्दै संस्थाले वडा कार्यलयको समन्वयर सहकार्यमा काम गर्ने र सहयोग समेत गर्दै जाने बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै सृजनशिल युवा समाजका अध्यक्ष निर्मल पराजुलिले विद्यार्थीहरूलाई पढाइ सङसगै खेलकुदको क्षेत्रमा पनि  उतिकै रुचि राख्ने भएकाले  र अहिले देखिनै यि साना साना  नानिहरूलाइ पढाइ संङसगै खेलकुदको क्षेत्रमा  समेटेर लैजाने हो भने भोलि राष्ट्रिय स्तरमै चिनाउने खेलाडी बन्न पनि थप हौसला हुनेछ  भनेर शैक्षिक सामाग्री संगै खेलकुद सामाग्री समेत वितरण गरेको  बताउदै हाल अमेरिकामा रहेर संस्थालाई आर्थिक सहयोग गर्नुहुने सेतु तामाङ साथै विनय तामाङ लाई धन्यबाद दिदै  आगामि दिनमा  पनि समाजमा विभिन्न समाजिक काम गर्दै जाने बताउनु भयो ।संस्थाका अध्यक्ष  निर्मल पराजुलीले औचित्य माथि प्रकास पार्नु भएको कार्यक्रममा सन्जित कुमार थेबे, न्यु एभर ग्रिन सेकेन्डरी इङ्लिस  स्कुल बुद्बशान्ति ४ का शिक्षक लोक बहादुर कमाल बुद्धशान्ति वडा नं ४  कार्यपालिका सदस्य दुर्गा ढुङ्गेल लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो।संस्थाले लामो समय देखि संस्थामा रहेर अतुलनिय  सहयोग पुर्याउनु हुने  बुद्धशान्ति ४ का रामचन्द्र कोईरालालाई  दोसल्ला साथै सम्मान पत्र द्वारा सम्मान समेत गरिएको थियो ।कार्यक्रममा बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा  सदस्य  सन्जित कुमार थेबे,न्यु एभर ग्रिन अङ्ग्रेजी स्कुलका  शिक्षक सन्जय लिम्बू रास्ट्रिय स्वत्रन्त्र पाटी बुद्धशान्ति ४ का अध्यक्ष रोसन कटुवाल,विद्यालयका शिक्षक अभिभावक विद्यार्थी,स्थानिय बासी संन्चारकर्मी  लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो  lविद्यालयका  प्रधानाध्यापक  डिल्लिराम खतिवडाले सानो संस्था भएपनि  विद्यालयमै आएर सृजनशिल युवा समाजले यसरी शैक्षिक  साथै  खेलकुद सामाग्री दिएर  विद्यालयलाई  विद्यार्थी भाइ बहिनिहरूलाई  पढाइ साथै खेलकुदको क्षेत्रमा थप हौसला थपिदिनु भएकोमा  सृजनशिल युवा समाजलाई  धन्यबाद  दिदै आफ्ना भनाई राख्नु भएको थियो । गणेश माध्यमिक  विद्यालयको सभाहलमा भएको कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई  सृजनसिल युवा समाजका  उपाध्यक्ष नारायण कुमार रेग्मीले स्वागत गर्नुभएको  थियो भने उक्त कार्यक्रमको सञ्चालन संस्थाका सदस्य  साजन तामाङले गर्नु भएको थियो  ,

झापाको बुद्धशान्ति ४ मा  नेपाल तरूण दल  बुद्धशान्ति गाउँसमितको आयोजना साथै  नेपाल रेडक्रस  सोसाईटि  बुधबारे उपसाखाको प्राविधिक सहयोगमा १ दिने रक्तदान सम्पन्न भएको छ ।बढ्दो रक्त अभावको अवस्थालाई मध्यनजर गर्दै  शनिवार   न्यु एभरग्रिन  इंग्लिस बोर्डिङ स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । उक्त रक्तदान कार्यक्रममा ४० पाउण्ड रगत जम्मा भएको  तरूण दल बुद्धशान्तिका अध्यक्ष करण लाबुङले जानकारि दिनु भयो ।

शिविरको उत्घाटन बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले गर्नु भएको थियो भने  वडा नं ४ का  वडा अध्यक्ष शेर वहादुर राय  समाज सेवि मनेश दाहाल ,वर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाई, बुधबारे जेसिजका अध्यक्ष  दुर्योधन देव , समाज सेवि मदन मगर , विनोद रिजाल, वडा नं ५ का वडा अध्यक्ष  डेगेन्द्र कार्की  विभिन्न संङ सस्थाका प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा शिविर  सम्पन्न भएको थियो  l

शनिवार भएको स्वाथ्य शिविरमा  बर्खा स्मृति प्रतिस्ठानकाले खाने पानि निसुल्क वितरण गरेको थियो । रक्तदान जीवनदान हो, तपाईँ हामीले रक्तदान नगरे आफ्नो आफन्तलाई चाहिएको बेला रगतको अभाव हुन्छ।

स्वास्थ्य व्यक्तिले ३-३ महिनामा रक्तदान गरी रक्त अभावलाई हटाऔँ  भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको बताईएको छ ।  झापाको बुद्धशान्ति ४ स्थित श्री नौलो विहानि उद्यमी महिला समूह  बुद्धशान्ति ४ को अायोजना साथै बुद्धशान्ति गाउँपालिकाको आर्थिक सहयोगमा १ दिने आँखा शिविर साथै दन्त शिविर सम्पन्न भएको छ ।

बुद्धशान्ति ४ स्थित न्यु एभर ग्रिन इङ्गलिस  बोर्डिङ्ग स्कुलको प्राङ्गणमा बृहत, निःशुल्क आँखा शिविर साथै दन्त शिविर शनिबार सम्पन्न भएको हो  ।

उक्त शिविरमा ३०० भन्दा बढीले  मेचि नेत्रालय काकर भिट्टा बाट अाएका  डाक्टरहरू वाट आँखाको निःशुल्क परीक्षण गरेका थिए भने १५० भन्दा वढिलाई चस्मा वितरण गरिएको थियो ।

त्यस्तै शिविरमा ३०० जना भन्दाले दन्त नेशनल डेन्टल केयर सेन्टर विर्तामोड बाट अाएका दन्त प्राविधिक बाट सेवा लिएका थिए ।  शिविरमा सेवा लिएका विरामी हरूलाई  आँखामा देखिएको मोतियाबिन्दु साथै दन्त सेवामा थप उपचारको लागि ५०% छुटमा  स्वास्थ्य परीक्षण गरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नु परेमा समेत छुटको व्यवस्था मिलाईएको बताईएको छ ।
यस निःशुल्क आँखा शिविरले समाजमा एउटा सकरात्मक सन्देश दिने मात्र नभएर बिरामीहरुको पहिचान गरी लाभ लिनको लागि सुवर्ण अवसर समेत भएको स्वास्थ्य शिविर आयोजक श्री नौलो बिहानी उद्धमी महिला समूह बुद्धशान्ती ४ अध्यक्ष याम माया नेम्वाङले बताउनु भयो  बताउनु भयो ।

झापाको बुद्धशान्तिमा  ४ मा प्रकृति पुजक किरात राईहरूको उभौली साकेला पर्व धुमधामको साथ सम्पन्न भएको छ ।बुद्धशान्ति गाउपालिका वडा नं  ४  किरात राई यायोक्खा व्यवस्थापन समितिको आयोजनामा  बुद्धशान्ति ४ स्थित  किरात राई यायोक्खाको  प्राङ्गणमा शुक्रबार भव्य रुपमा सम्पन्न भएको हो ।

कार्यक्रममा शुभकामना आदानप्रदान, जातीय सांस्कृतिक नृत्य:  साकेला, सिल्लि लगायतको कार्यक्रम आयोजना गरिएको थियो । किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष केबल राम राईको प्रमुख आतिथ्यता रहेको थियो । साथै बिशिस्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राई, बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेर वहादुर राय, सम्पुर्ण राजनितक दलका पाटि प्रतिनिधि स्थानिय बासी संन्चारकर्मी  सुरक्षाकर्मी लगायतको आतिथ्यतामा कार्यक्रम  सम्पन्न भएको थियो  lकार्यक्रममा  प्रमुख अतिथि किरात राई यायोक्खा जिल्ला  उपाध्यक्ष केबल राम राईले  साकेला पर्वको बारेमा प्रष्ठ पार्दै परा पुर्खा बाट मनाउदै आएको साकेल पर्व  बालिनानि फस्टाउने परिवारमा सान्ति हुने पशु चौपायमा राम्रो हुने  भएकाले यसलाई कुल देवाताको रूप मानेर राखि दिएको यश ढुङ्गालाई हामिले  साकेलाको रूपमा मनाउदै आएको  बताउनु भयो ।कार्यक्रममा किरात राई यायोक्खा मेचिनगर १२ पारूहाङ टोल काकरभिट्टा बुधबारे अर्नुजधारा आएका टोलिले आफ्नो भेषभुसा सहितको  जातीय सांस्कृतिक साकेला,सिल्लि नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै कार्यक्रममा  विषिष्ठ अतिथि किरात राई यायोक्खा जिल्ला सदस्य गौरिमान राईले साकेले सिल्लि गाउदै यो भुमिमा सबै भन्दा पाईला टेक्ने  किरात जातिनै भएकाले नै किरात हरूलाई भुमि पुत्रहौ भनेर भनेका हौ  भन्दै आफ्ना भनाई राख्नु भएको थियो  ।कार्यक्रममा किरात राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राईले कार्यक्रमको र्औचित्य माथि प्रकास पार्नु भएको  थियो ।त्यस्तै कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष  शेरवहादुर राय, स्थानिय समाज सेवि करण थेबे  पुर्ण सुहाङ लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नु भएको थियो ।त्यस्तै कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ उपाध्यक्ष मणिकुमार राईले स्वागत गर्नुभएको  थियो भने कार्यक्रमको संयोजन किरात राई यायोक्खा बुद्धशान्तिका  ४ कोषाध्यक्ष  बिमला राईले गर्नु भएको उक्त कार्यक्रमको सञ्चालन किरात राई यायोक्खा  बुद्धशान्तिका  ४ सचिव मनकुमार राईले गर्नु भएको थियो।

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीननम्बर पुलमा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु भएको छ ।

सडक विस्तारका लागि भित्तो काट्ने काम गरिरहेका बेला माथिबाट पहिरो खस्दा बा २ क ८६५१ नं को स्काभेटर चालक बर्दिया गेडुवा गाउँपालिका–४ स्थायी घर भएका अन्दाजी ३८ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहान पुल निर्माण गर्न भित्तो काट्ने क्रममा माथिबाट पहिरो खस्दा स्काभेटरसहित चौधरी पुरिएका थिए । चालकको उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

पहिरोमा परी स्काभेटर पूर्णरुपमा क्षति भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ६ ख १५११ नं ट्रकमा समेत क्षति पुगेको छ”, प्रनाउ रिजालले भने । अहिले सवारी आवागमन नरोकिएको भन्दै पहिरो पन्छ्याउने कार्य जारी रहेको उनले जानकारी दिए ।

झापाको बुद्धशान्ति गाउँपालेकाले गाउँपालिकाका सबै वडामा र अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्रहरूमा गरि जम्मा २९ ठाउँमा सिसि क्यामेरा जडान गरेको छ ।

बुद्धशान्ति गाउँपालिकाले सडक दुर्घटना न्युनिकरण चोरी डकैति लाघु अौषध बेचबिखन लगायत विभिन्न खाले अपराधीक गतिविधि रोक्ने उदेश्यले सिसि क्यामराको मनिटरियन गरि बुद्धशान्ति गाउँपालिका साथै इलाका प्रहरी चौकीबाट हेर्न सकिने र चौविसै घन्टा प्रहरीले गतिविधिको चौकीमा बसेर निगरानी गर्न सकिने सिसि क्यामेरा जडान गरिएको हो ।

बुद्धशान्ति गाउँपालिकाको आर्थिक बर्ष ८०/८१ को ९ लाख १५ हजार ६ सय ७६ रूपयाँको लागतमा २९ वटा क्यामेरा जडान साथै पुरानो लाई मर्मत समेत गरेर गाउँपालिकाको विभिन्न सार्वजानिक ठाउँ हरूमा सिसि क्यामरा जडान गरिएको बुद्धशान्ति गाउँपालिका सूचना प्रविधि अधिकृत तोषराज ठाकुरले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिकाका सातै वडा कार्यालय साथै,अधिकांश सार्वजनिक स्थल ,चोक बजार क्षेत्र अब सीसीटिभी क्यामेराको निगरानीमा राखी बुद्धशान्ति गाउँपालिका र ईलाका प्रहरी कार्यालय बुधवारेले बुद्धशान्ति क्षेत्रभित्र सुरक्षा तथा अनिवार्य निगरानि राख्नु पर्ने भएकाले पालिकाले आफ्नै  फाईवर नेटवर्क स्थापना गरि CCTV प्रणालि जडान  गरिएको र बिद्युत प्रवाह,fiber cable ,network लगायतका विषयहरुले गर्दा यो कार्य आफैमा चुनौति पुर्ण भएकाले आगामि दिनहरुमा देखिएका सम्स्याहरुलाई समाधान गर्दै व्यवस्थित रुपमा  अन्य स्थानहरुमा पनि  CCTV जडान गरिने बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईले बताउनु भयो ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ७ ले बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्यमा ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको छ । बुद्धशान्ति गाउँपालिका महिला बालबालिका शाखा तथा  बुद्धशान्ति गाउँपालिका वडा नं ७ को संयुक्त कार्यक्रम अन्तर्गत महिला  उद्यमशिलता युवा उद्यमशिलता र दलित उत्थान कार्यक्रम अन्तरगत बुद्धशान्ति वडा नं ७ का ९५ जनालाई ३ महिने निशुल्क कम्प्युटर तालिम सम्पन्न गरेको हो । बुद्धशान्ति गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो ।

बुद्धशान्ति वडा नं ७ को वडाकार्यलयको सभाहलमा भएको ३ महिने निशुल्क कम्प्युटर तालिमको सहजिकरण बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक विस्वराज भन्डारीले गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी पालिका अध्यक्ष मनोज प्रसाइँले आफ्ना भनाई राख्दै पछिल्लो समय  अहिलेका युवा युवतीहरू लागु अौषध जस्ता विभिन्न खाले गतिविधिहरूमा बिग्रदै गएको अवस्थाले गर्दा बुद्धशान्ति गाउँपालिकाले युवा युवती लक्क्षित कार्यक्रम अन्तर्गत यस अघि पनि  विभिन्न कार्यक्रम हरू सन्चालन गरेको बताउनु भयो उहाँले भन्नुभयो युवा भाई बहिनिहरूको लागी

जिवनस्तर सुधारन सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन गाउँपालिकाले आर्थिक सहयोग र समन्वय गरेको र आगामी दिनमा पनि गाउँपालिकाले गर्नु पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै वडा नं ७ का वडा अध्यक्ष चन्द्र भन्डारीले युवा लक्क्षित कार्यक्रमले  यहाँका युवा भाई बहिनि हरूलाई सीप सिकाएर उध्यमी स्वरोजगार र सिपमुलक बनाउने र उनीहरूको आय आर्जनको माध्यम सिर्जना गरेर आत्मनिर्भर बनाउन वडाले विभिन्न कार्यक्रमको आयोजना गरेको बताउनु भयो । तालिमको समयावधी थप गरेर एड्भान्स तालि सञ्चालनका लागि सहभागिहरुले माग गरेका छन् । तालिम उपलब्धि मुलक भएको तालिममा सहभागि स्थानिय तुलसा गड्तौलाले बताउनु भयो ।
बुद्धशान्ति ७ को वडा कार्यलयको भवनमा भएको समापन कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । वडा नं ७ का वडा सदस्य खगेन्द्र गड्तौलाले उपस्थित सम्पुर्ण अतिथिहरूलाई साब्दिक स्वागत गर्नु भएको कार्यक्रमको सन्चालन तालिममा सहभागी रमिता अधिकारिले गर्नु भएको थियो ।
आईतबार भएको कम्पुयटर तालिम समापन कार्यक्रमको अवसरमा वडा नं ७ को कार्यलय र बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीको सहकार्य साथै नेपाल रेडक्रस सोसाईटी उपशाखा बुद्धशान्तिको प्रविधिक सहयोगमा १ दिने बृहत रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको थियो  । कार्यक्रममा बुद्धशान्ति गाउँपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख मिना विष्ठ,वडा नं ७ का सम्पुर्ण जनप्रतिनिधि,बुधवारे फोकस पोइन्ट कन्सल्टेन्सीका सन्चालक
गोविन्द सुवेदी स्थानिय समाज सेवि सन्चारकर्मी लगायतको आतिथ्यता  रहेको थियो ।