
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ खेलकुद बिकास समितीले एक कार्यक्रमको आयोजना गरि पर्यटकीय क्षेत्र जोर साँघु सरसफाइ गरेको छ । हाम्रो वातावरण, हाम्रो जिम्मेवारी भन्ने कुरालाई मध्यनजर गर्दै सञ्चालन गरिएको सरसफाई अभियानमा स्थानिय युवा विभिन्न संघ सस्थाका प्रतिनिधि अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
पछिल्लो समय पर्यटकको रोजाईमा परेको जोरसाँघुमा घुम्न आउने साथै पौडी खेल्न आउनेको चाप बढेसँगै त्यस क्षेत्र वरपर वियरका बोतल पाल्टिकजन्य बिभीन्न खाले फोहरमैला बढेपछि सार्वजनिक स्थलको सरसफाई गरिनुका साथै आफुले गरेको फोहर आफैले समाल्नु पर्छ भन्ने वातावरणीय सचेतना सन्देश सहित सरसफाई गरिएको वडा नं ६ खेलकुद विकास समितिका अध्यक्ष अशोक लाखेले बताउनु भयो ।
त्यस्तै आफ्ना भनाईहरू राख्दै जोर साँघु संरक्षण समितीका सचीव साथै घट्टे होमस्टेका संचालक बिमल दाहालले सरसफाई वातावरण संरक्षणमा तपाई हामी सबैको भूमिका महत्वपूर्ण हुने बताउँदै यस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्वको भावना विकास गराउने बताउदै उहाँले संस्थालाई आगामी दिनमा थप पनि सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम गर्दै जान हौसला र लगनशीलताका साथ अगाडि बढ्न शुभकामना दिदै आफ्ना भनाईहरू राख्नु भएको थियो
वडा नं ६ खेलकुद बिकास समितीका सचिव खेम राईले सन्चालन गर्नु भएको कार्यक्रममा स्थानिय समाज सेवी होइसल लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा स्थानिय समाज सेविहरू अरुण खतिवडा, बिक्रम पङ्धाक लिम्बू,गणेश मगर पेशल न्यौपाने कमल ढकाल सुजन लिम्बू लगायतको उपस्थितिमा सरसफाई सम्पन्न गरिएको थियो ।