
इलाममा सर्पले डसेर एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजना पुरुष सिकिस्त भएका छन् । सर्पलडसेर चुलाचुली गाउँपालिका १ तीनतले बस्ने चित्रबहादुर राईकी छोरी १३ वर्षीया प्रिया राईको मृत्यु भएको हो ।
आफ्नै घरको कोठामा सुतिरहेको बेला उनलाई बिषालु सर्पले टोकेको थियो । बालिकाको हातमा सर्पले डसेकोे डाम देखिएपछि दमकस्थित नेपाल रेडक्रस सोसाइटीको सर्पदंश केन्द्रमा लगिएको थियो ।
सर्पदंश उपचार केन्द्र दमकमा उपचारका क्रममा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी चुलाचुली १ कमलस्थित जनता माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिइन् ।