
गत साउन १९ गते हराएका इलामको सन्दकपुर गाउँपालिका–४ माबृुका गोपाल राईको निधन भएको छ ।
जंगलमा भेटिएका उनको घर ल्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ढाल बहादुर गुरुङले जानकारी दिए । पाखा गाउँ निवासी अन्दाजी २६ बर्षिय राई साविकको माबु–२ तीनतले भन्दा माथिको बनेलकुरी सामुदायिक वनमा भेटिएका थिए । झाडीमा भेटिएका उनको माबु स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर घर साविकको माबु–७ ल्याउने क्रममा निधन भएको गुरुङले जानकारी दिए ।