
मेरो भ्वाइस युनिभर्स सिजन -२ को फाइनलमा पुग्न सफल झापा बुद्धशान्तिका प्रशान्त पोख्रेल सहित फाइनालिस्टहरु ग्राण्ड फिनालेका निम्ति आज प्रस्तुत हुँदै छन् ।
राजधानी काठमाडौमा हुने ग्राण्ड फिनाले बाट आजै बेलुका विजेता घोषणा गरिने छ।त्यसै अवसरमा आज दिनको ४ बजे बाट बुद्धशान्ति -१ पहाडी चोक ( बिच चोक ) स्थित रोयल रत्न होटल अगाडि प्रोजेक्टर मार्फत ग्राण्ड फिनालेको लाइभ देखाइने भएको छ। साथमा स्थानीय कलाकारहरु सहितको बेजोड सांगितिक प्रस्तुति समेत रहने भएको बताइएको छ। बुद्धशान्ति तथा आसपासका सम्पुर्ण महानुभावहरु लाई एकै स्थानमा उपस्थिति भई प्रशान्त जिताउन अभियान अन्तर्गत सामुहिक भोट समेत गर्ने कार्यक्रम रहेको छ ।
प्रशान्तलाई अहिले यस प्रतियोगिताको फाइनल जित्न भोटको खाँचो भएको र अझै केही समय रहेकाले उनलाई भोट गरी विजयी बनाइदिन प्रशान्त जिताउन अभियाका संयोजक मदन प्रसाईंले सम्पूर्णमा अनुरोध गर्दै बेलुकाको कार्यक्रममा उपस्थित भईदिन सम्पूर्णमा आग्रह गरेका छन् ।