
२०८२ को जेठ अन्तिममा निर्माणकै चरणमा भाँचिएको हेवाँ खोला मोडुर ब्रिज निर्माणको काम पुरा भएको छ । बुधवार अपरान्हबाट हेवाँ खोलामा सवारी वारपार हुन थालेको छ ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्तरुपमा पुलको उद्घाटन गरे । जेठको ३१ गते अन्तिम चरणमा पुगेका बेला पुल भाँचियो । पुलमा काम गर्दै गरेका तीन जनाको ज्यान गयो ।
बारा जिल्लाका २२ वर्षीय रुपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन राय र २२ वर्षीय राकेश राय थारुको ज्यान गएको हो । साँझ भएको दुर्घटनापछि प्राथमिक उपचार जिल्ला अस्पताल पाँचथरमा गरियो । थप उपचारका लागि विराटनगरमा रहेका बेला उनीहरुको ज्यान गउको थियो ।
अरु तीन जना घाईते अहिले पनि पुर्ण निको भईसका छैनन् । मृतकका परिवारलाई बिमा कम्पनी, निर्माण ब्यवसायीले राहत रकम सहयोग गरे । त्यसबाहेक नेपाल सरकारको तर्फबाट प्रति व्यक्ति थप १ लाख सहयोग गर्ने घोषणा गरिएको छ ।
तीन जनाको ज्यान जाने गरी भएको दुर्घटनाका बेला समेत आईनपुगका सरकारका प्रतिनिधि पुलको उद्घाटनका लागि भने टुप्लुक्क देखिए । गाडीको लावालस्करसहित मन्त्री दाहाल दिउँसो पुल भएको स्थानमा आइपुगेका हुन्।
उद्घाटन भाषणका क्रममा मन्त्री दाहालले १ लाख रुपैयाँ मृतकका परिवारलाई प्रदान गर्ने उधारो रकम घोषणा गर्न भ्याए । उनले भने, घोणा भएको छ, परिवारले पाउँछन् । २०८१ असोजमा आएको बाढीले त्यस अघि बनाईएको बेलि ब्रिज बगाएपछि एक वर्ष खोलामा अस्थायी डाईभर्सन निर्माण गरेर सवारी वारपार भईरहेका थिए ।
भारत सरकारको सहयोगमा पुल निर्माण भएको हो । नेपाल सरकारलाई प्रदान गरिएका १० पुलमध्ये हेवाँको पुल पनि हो । यो मोडुल प्रविधिमा डवल स्पामको नेपालमा सबैभन्दा लामो पुल हो । ७० मिटर पुलमा ३० टन क्षमताका गाडी मात्रै पार हुन सक्छन् । भारत सरकारले गरेको सहयोग सदुपयोग भएको प्रति राजदुत श्रीवास्तवले धन्यबाद दिए ।
पुलको क्षमता र मेची राजमार्गको यो खण्डमा सञ्चालन हुने सवारीको अवस्थालाई विश्लेषण गरेर क्षमता भन्दा बढी तौल भएका गाडीको ब्यवस्थापन भने दीर्घकालिन चुनौति बनेको छ । नागरिक न्युजबाट