
झापाको बुद्धशान्ति गाउँपालिका वडा न:२ खेलकुद विकास समितिको आयोजना ,नवज्योति युवा क्लबको सह-आयोजना ,बुद्धशान्ति गाउँपालिकाको प्रायोजन र गाउँपालिका खेलकुद विकास समितिको समन्वयमा आज माघ १० गते बाट बुद्धशान्ति गाउँपालिका तेस्रो वडास्तरीय नकआउट फुटबल प्रतियोगिता प्रारम्भ भएको छ।
उद्घाटन खेलमा वडा न:४ ले वडा न:५ लाई ५-० ( पाँच शन्यू )को विशाल अन्तर ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।वडा न:४ का लागि अन्सु लिम्बु ,आदित्य केरुङ,सन्दिप लिम्बू,श्रेयु मगर र विवेक लिम्बु ले १-१ गोल गरे।
वडा न:४ लाई जित दिलाउन महत्त्वपूर्ण भुमिका निर्वाह गरेका वडा न:४ का आयुष राई खेलको म्यान अफ द म्याच घोषित भए।भोलि माघ ११ गते प्रतियोगिताको दोश्रो खेलमा आयोजक वडा न:२ र वडा न:७ का बिच खेल हुने छ।
बुद्धशान्ति -२ खेलकुद विकास समितिका संयोजक भरत खतिवडा को अध्यक्षतामा भएको उद्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका खेलकुद विकास समितिका संयोजक पर्शुराम चेम्जोङ को प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रम मा झापा जिल्ला फुटबल संघका अध्यक्ष भागिरथ आले मामा ,बुद्धशान्तिका विभिन्न वडाध्यक्ष ,जनप्रतिनिधि ,सामाजिक संस्थाका प्रतिनिधि,सुरक्षा निकायका प्रमुख लगायत उपस्थिति रहेको थियो।सह-आयोजक नवज्योति युवा क्लबका अध्यक्ष गोपाल पोखरेल ले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रम को संचालन खेलकुद विकास समितिका गोकुल पौडेलले गरेका थिए ।
माघ १० देखि १७ गते सम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद ५० हजार ,उपविजेता ले नगद २५ हजार सहित ट्रफी ,मेडल ,प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा अन्य विभिन्न विधागत पुरस्कार समेत रहने छन।खेल बुद्धशान्ति -२ स्थित आदर्श माविको खेलमैदान मा संचालन रहने छ।





