
झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित श्री माध्यमिक विद्यालय बर्नेमा अभिभावक भेलाबाट नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ। भेलाबाट पवन ढकाल सर्वसम्मत रूपमा अध्यक्ष चयन हुनु भएको छ।
समितिका सदस्यहरूमा शन्तोष शर्मा (अमर), सरिता किसान, सिमा परियार, राजकुमारी लिम्बू र उर्मिला ढुङ्गेल रहनुभएको छ। वडा प्रतिनिधिका रूपमा शेरबहादुर राय, सदस्य सचिवका रूपमा प्रधानाध्यापक टंकनाथ घिमिरे तथा शिक्षक प्रतिनिधिका रूपमा राज अर्याल चयन हुनुभएको छ।
कार्यक्रममा गाउँपालिका शिक्षा शाखाकी प्रतिनिधि झलका भट्टराई, वडा नं. ४ का अध्यक्ष शेरबहादुर राय, कार्यपालिका सदस्य दुर्गा पोख्रेल ढुङ्गेल, पूर्व अध्यक्षहरू नरेन्द्र कुमार भुर्तेल, शिक्षक अभिभावक संघ अध्यक्ष महानन्द गौतम लगायतको उपस्थिति रहेको थियो। साथै विभिन्न संघ–संस्थाका प्रतिनिधि, अभिभावक तथा स्थानीयहरूको उल्लेख्य सहभागिता थियो।
कार्यक्रममा शिक्षा शाखाका अधिकृत झलका भट्टराई, वडाध्यक्ष शेरबहादुर राय, निवर्तमान अध्यक्ष नरेन्द्र कुमार भुर्तेल तथा प्रधानाध्यापक टंकनाथ घिमिरेले विद्यालयका गतिविधि तथा कार्यक्रमबारे जानकारी दिँदै नवगठित समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
शिक्षक प्रतिनिधि राज अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा हाडियाचुली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजन लिम्बू, समाजसेवीहरू रामबहादुर महत, सन्देश पौडेल, पदम आचार्य, गोविन्द ढुङ्गेल, मदन मगर, दुर्गा ढुङ्गेल, देवी अधिकारी, फक्तालुङ सावा, रुद्र न्यौपाने, तिला अर्याल लगायतको पनि सहभागिता रहेको थियो।




