झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ५ मा आदिकवि भानुभक्त आचार्यको २१० औं जन्म जयन्तिको अवसर पारेर शान्तिनगर ज्येष्ठ नागरिक चौतारी बुद्धशान्ति ५ को आयोजनामा बुद्धशान्ति गाउँपालिका वडास्तरिय रामायण बाचन साथै धार्मिक कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
ज्येष्ठ नागरिक चौतारीकी अध्यक्ष इन्दिरा रिजालको अध्यक्षतामा भएको कार्यक्रममा तेराख प्रतिष्ठान अध्यक्ष शिव कुमार पौडेलको प्रमुख आतिथ्यतामा बिशिष्ठ अतिथि बुद्धशान्ति गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डेगेन्द्र कार्की अतिथहरूमा लक्ष्मी नारायण मन्दिर अध्यक्ष देवि प्रसाद खतिवडा मान्नध साहित्य प्रतिष्ठान अध्यक्ष माधव खतिवडा लगायतको अातिथ्यता रहेको थियो ।
उक्त कार्यक्रममा ३० देखि ७५ बर्ष सम्मका बुवा आमा हरूबाट रामायण बाचन तथा धार्मिक कविता वाचन प्रतिस्पर्धा भएको थियो। उक्त प्रतियोगिताको निर्णायक मण्डलीमा कृष्ण प्रणामी मन्दिरका अध्यक्ष विष्णु प्रसाद अधिकारी र धार्मिक तथा समाजसेवी ईश्वरि घिमिरे रहनु भएको थियो। रामायण बाचन तथा धार्मिक कविता बाचनमा प्रथम हुने राधाकृष्ण भट्टराई, दोस्रो हुने रेनुका पौडेललाई रामायणको पुस्तक साथै नगद पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि शिवकुमार पौडेलेले भानुभक्त जयन्तिको सान्दर्भिकता एवम् महत्वको बारेमा प्रकाश पार्दै प्रमुख अतिथि पौडेलले धार्मिक कविता वाचनको साथ आफ्नो भनाई राख्नु भएको थियो । उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई संथाकी अध्यक्ष इन्दिरा रिजाले स्वागत गर्नु भएको कार्यक्रमको संचालन संस्थाका सदस्य सचिन पौडेलले गर्नु भएको थियो ।
शान्तिनगर ज्येष्ठ नागरिक चौतारी संस्थाले विगतका दिनहरूमा पनि जेष्ठ जागरिक हरूलाई एउटै थलोमा जोडेर सुख. दुख.साटासाट गर्ने प्रतेक महिनाको १/१५ गते चौतारी संचालन गर्ने जेष्ठ आमा बुवाहरूको मनमा लागेका र उठाउनु भएका समस्या हरूलाई समधान गर्ने नबोल्ने बा स्मृति प्रतिष्ठान सँगको समन्वयमा जेष्ठ नागरिक हरूलाई लौरो वितरण कार्यक्रम लक्ष्मीनारायण मन्दिर परिषरमा जेष्ठ नागरिकको लागि स्वाथ्य शिविर संचालन चौतारी कार्यक्रममा आउन नसक्नुहुने जयेष्ठ आमाबुवा हरूलाई घर घरमै गएर भेट्ने साथै कोशेलि वितरण गर्ने विभिन्न पर्बको अवसर पारेर धार्मिक हाजिरी जवाफ प्रतियोगिता साथै जेष्ठ नागरिकहरूलाई दही चिउरा लगायतको कार्यक्रम सन्चालन गर्दै आएको संस्थाका सचिब सुरेस खतिवडाले बताउनु भयो ।