ज्ञानु भट्टराई । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं ६ स्थित स्वागत टोल विकास संस्थाको १८ औं स्थापना दिवस साथै बार्षिक उत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । स्वागत टोल विकास संस्थाकी अध्यक्ष भद्र थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा ईटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । संस्थाको आफ्नै भवनमा भएको कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक लेखनाथ निरौलाले स्वागत गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन संस्थाकी अध्यक्ष भद्र थापा मगरले पेश गर्नुभएको थियो ।
शुक्रबार सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि कोशी प्रदेशका माननीय सांसद मिना श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बालिका भट्टराई, ईटहरी रेडक्रसका अध्यक्ष दिनेश भट्टराई, सामाजिक विकास शाखा इटहरीका अधिकृत शुसिला कार्की, प्रेस चौतारी सुनसरीका अध्यक्ष शुभद्रा प्याकुरेल, इटहरी खानेपानीका कोषाध्यक्ष गंगाप्रसाद दाहाल, विभिन्न संघ संस्थाका प्रतिनिधि, पार्टी प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाई निश्पक्ष एवम् तटस्थ रुपमा समाचार सम्प्रेषण गरी पत्रकारिताको क्षेत्रमा उत्कृष्ठ ढङ्गले यस टोल विकास संस्था लगायत समग्र इटहरी उपमहानगरपालिको विकास विस्तार र प्रर्वदनमा उलेख्य भूमिका खेलेको भन्दै ३ जना पत्रकारहरुलाई पदम –पवित्रा विष्ट अक्षय कोष पत्रकारिता पुरस्कार द्धारा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सप्तकोशी टेलिभिजनका रन्जना पौडेल, ग्यालेक्सि टेलिभिजनका प्रकाश तिम्सिना, र्पूवि हटलाइन दैनिकका सम्पादक प्रेमबहादुर कार्की ढोलीलाई जनही रु १५००० का दरले नगद साथै दोसल्ला ओढाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।
जुन घरमा छोरा बुहारी बुद्धिमान र ज्ञानि हुन्छन त्यस्ता घरहरु सधैं उज्यालो हुने गर्दछ, बुवा आमाको न्यानो आर्शिबादले नै छोरा बुहारीको सम्मान र आदर पनि हुने गर्दछ, यो दुनियाँमा सबै चिज खोजेर प्राप्त गर्न सकिन्छ तर जन्मदिने बुवा आमा कहिँलै प्राप्त गर्न नसकिने बताउदैं आफ्ना आमा वुवा तथा सासु ससुरालाई राम्रो स्यारसुसार गरी पालन पोषण गर्ने छोरा बुहारीलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेहरुमा ईटहरी वडा नंं. ६ स्थित आमा कृष्ण कुमारी गुरागाईंका छोरा बुहारी मोहन प्रसाद गुरागाईं र कमला अधिकारी गुरागाईं, त्यस्तै कार्यक्रममा माधवप्रसाद अधिकारी र धिरा अधिकारीका छोरा केदार अधिकारी बुहारी अन्जु आचार्य अधिकारी साथै राधा खुलालकी छोरी जमुना खुलाललाई रु १०००० नगद् सहित दोसल्ला ओढाई सम्मान पत्र द्धारा सम्मानित गरिएको थियो ।
त्यस्तै कार्यक्रममा एस. ई. ई. उत्तीर्ण उत्र्कष्ट छात्रा सरिका दाहाल साथै एस. ई. ई. उत्तीर्ण गणेश गुप्ता र प्रवेश राईलाई सम्मान गरिएको थियो । साथै कार्यक्रममा दलित प्रोत्साहन पुरस्कार जनता मा. वि. इटहरी कक्षा ९ का छात्र आशिष लकान्द्रिलाई दोसल्ला ओढाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । त्यस्तै अपाङ्ग सम्मान पुरस्कारका रुपमा पम्फा सिग्देललाई र उत्कृष्ठ खेलाडी सम्मानका रुपमा प्रेना ठाकुरलाई नगद रु २५०० सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थामा अहोरात्र खट्नुहुने उत्कृष्ठ सञ्चालक समिति पुरस्कार संस्थाकी कोषाध्यक्ष कमला पोख्रेल र सदस्य ध्यान बहादुर राईलाई वितरण गरिएको थियो ।
शुक्रबार आफ्नै भवनमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख आतिथि ईटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले शुभकामना मन्तव्य राख्दै उँहाले असल छोराले आफ्ना बुवा आमालाई सम्मान गर्दै श्रीमती र बुवा आमालाई मैत्रीपुर्ण तरिकाले मिलाएर उज्यालो भबिस्यको बाटोमा किन बढ्न सक्दैनन रु बुवा आमा तथा सासुससुराको अपमानद्वारा अगाडि बढ्न खोजीएको भविष्य कस्तो कति कष्टकर हुन्छ भन्ने कुरा अहिलेका थुप्रै छोराबुहारीले यस संस्थाद्धारा आज सम्मानित छोरा बुहारीबाट सिक्नुपर्ने कुरा व्यक्त गर्दै बुवा आमाको आशिर्वाद नै सन्तानकोलागि उर्जाबान हुने गर्दछ भन्दै आफ्ना भनाईहरू राख्नु भएको थियो ।यस टोल विकास संस्थाको उन्नति प्रगतिका लागि ईटहरी उपमहानगरपालिका सधैव तत्पर रहने वताउदै समग्र इटहरी उपमहानगरपालिको विकास विस्तार र प्रर्वदनमा आफू निरन्तर लागि पर्ने बताउनुभयो।
उक्त कार्यक्रममा कोशी प्रदेशको माननीय सांसद जस्तो गरिमामय पदमा पुग्न सफल भएकी भन्दै माननीय मिना श्रेष्ठलाई संस्थाद्धारा सम्मान गरिएको थियो । त्यस्तै शुभकामना मन्तव्य राख्ने क्रममा आफू र्हुके बढेको ठाउँमा स्थापना भएको यस संस्थाले गरेको प्रगति प्रति खुसि ब्यक्त गर्दै आफ्नो बल बुताले भ्याएसम्म यस टोल विकास तथा नगरको विकासका लागि आफू निरन्तर लागि पर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्वागत टोल विकास संस्थाको आफ्नै भवनमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कार्यसमितिका सचिव मोहनप्रसाद गुरागाईंले गर्नुभएको थियो ।