इलामको राेङ गाउँपालिका वडा न ६ मा अवस्थित साथै झापा मेचिनगर पालिकाकाे करिव ५ सय मिटर नजिकमा रहेकाे निन्दा खलिपेमा खाेलाकाे छाेटाे छहरामा पछिल्लो समय तराईमा अत्याधिक गर्मि बढे सँगै मनाेरन्जनकाे सस्ताे र छिटाे गन्तब्व बन्दै गएकाे छ ।
खलिपे निन्दा खाेला खेल्दै चिसाे पानिमा डुबुल्कि लगाउन अनि सुरम्य बाटिकामा डुल्दै झाेलुङ्गे पुलमा हल्लिन अहिले सयाैकाे सख्यामा मानिसहरु आउन थालेकाे कारण स्थानिय क्षेत्रहरुकाे काराेवार पनि बढेकाे छ ।
काकडभिट्टाबाट करिव ११ किलाेमिटर उत्तरमा पर्ने र सडक पुर्वाधारकाे राम्रै विकास भएकाे उक्त स्थानमा खास दिनबारमा हैन तराईतिर खुल्ला माैसम र गर्मि हुनसाथ हुलका हुल मानिसहरु आउने गरेका छन् ।त्यहा आउने मानिसहरुमा करिव ६० प्रतिसत नेपाली र ४० प्रतिसत भारतिय हरु रहने गरेकाे उनिहरुले यात्रा गरेकाे सवारी साधनबाट पनि स्पस्ट हुन्छ ।उक्त स्थान भारतबाट पनि नजिकमा रहेकाे छ ।
तराईकाे अन्तिम भाग पहाडकाे दक्षिण माथितिर अजगकाे झण्डी र काउले डाडा बिचमा अनाकणटर खाेच र जगल अनि नजिकै सुन्दर वाटिकामा चिसाे हावापानी,अनि थाेरै खर्चले समेत पुग्ने उत्तम गनतब्य भएकाे कारण आफुहरु फुर्सदकाे समयमा यहा आउने काकडभिट्टाबाट आएका सर्मिला राउतले बताउनु भयो ।