
बुद्धशान्ति । सडक दुर्घटनालाई मध्यनजर गर्दै बुद्घशान्ति गाउँपालिका वडा नं ३ स्थित ७ नम्बर चोक नजिकै रहेको श्री नवकिरण अाधारभुत विद्यालय जाने बाटोमा जेब्राक्रस निर्माण गरिएको छ ।
मेचि राजमार्ग भएकाले अत्याधिक सवारी चापका कारण आवातजावतमा समस्या सिर्जना भएपछि जेब्राक्रस निर्माण गरिएको हो । राजमार्गको पश्चिम दिशामा विद्यालय भएका कारण आवातजावतमा समस्या भएको थियो । राजमार्ग पश्चिम रहेको श्री नवकिरण अाधारभुत विद्यालयलका शिक्षक विद्यार्थी अभिभावकहरूलाई आवातजावतमा सहजताका लागि जेब्राक्रसको निर्माण गरेको हो ।
सोमबार बर्खा स्मृति प्रतिष्ठानको आर्थिक सहयोग साथै समुदाय प्रहरी साझेदारीमा जेब्राक्रस निर्माण गरिएको थियो । कार्यक्रममा बुधबारे ट्राफिक प्रहरी प्रमुख दिपक कोइराला, इलाका प्रहरी कार्यलय बुधबारेका प्रमुख प्रबिन भट्टराई, बर्खा स्मृति प्रतिस्ठानका अध्यक्ष मदन प्रसाईं, नवकिरण अाधारभुत विद्यालयलका प्रधानाध्यापक खेमराज कट्टेल, शिक्षक, विद्यार्थी अभिभावक,विभिन्न सामाजिक व्यक्ति पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
जेब्राक्रस निर्माणले सडक पार गर्नलाई थप सजिलो भएको नवकिरण अाधारभुत विद्यालयलका प्रधानाध्यापक खेमराज कट्टेल बताउनु भयो ।उहाँले भन्नुभयो विद्यालयका शिक्षक, विद्यार्थी,अभिभावकको सुरक्षाका लागि बर्खा स्मृति प्रतिष्ठान साथै समुदाय प्रहरीका सम्पुर्ण टिमलाई जेब्राक्रस निर्माण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
बढ्दो शहरीकरण तथा सवारी साधनको चाप सगै हरेक बिधालय जाने बालबालिकाको लागि आवातजावतमा सहजता र सवारी चालक हरुलाई जनचेतना जगाउने उद्देश्यका साथमा बिधालय अगाडी जेब्राक्रस निर्माण गरिएको बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले बताउनु भयो ।
उहाँले भन्नुभयो, हरेक सडक पार गर्दा जेब्राक्रस बाट मात्र पार गर्नु पर्दोरहेछ भन्ने बिद्यार्थी भाईबहिनीहरूलाई जानकारी होस, साथै बिधालय अगाडि सवारिको गति सिमीत गर्दै रोक्नुपर्छ भन्ने सवारी चालकलाई पनि बोध गराउन सकियो भने सडक दुर्घटना पनि कम हुने भएकाले आफुहरुले यो कार्यक्रमको आयोजना गरि जेब्राक्रसको निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष प्रसाईंले बताउनु भयो ।
सडक सुरक्षामा स्कुलले देखाएको भूमिका प्रति खुसी व्यक्त गर्दै बुधबारे इलाका प्रहरी कार्यलयका प्रमुख प्रबिन भट्टराइले सम्पूर्ण अभिभावक तथा विद्यार्थी लगायत उपस्थित सम्पुर्णलाई निर्माण भएको जेब्राक्रस बाट मात्र राजमार्ग पार गर्न अनुरोध समेत गर्नु भएको थियो ।
साथै बुधबारे बजार क्षेत्रमा भिडभाड हुने र पैदल यात्रुले बाटो कहाँबाट र कसरी काट्ने भन्ने ज्ञान समेत नहुदा दुर्घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै बुधबारे बजारको तल्लो चोक जयपुर सडकमा पनि जेव्राक्रस कोरिएको बुधबारे ट्राफिक प्रहरी प्रमुख दिपक कोइरालाले, बताउनु भयो ।
बुद्धशान्तिका विभिन्न ठाउँहरूमा जेब्रा क्रसहरु कोरिएको नागरिकहरुमा जानकारी नहुदा र अटेरि गर्दा पनि सानो दुर्घटनाले ठूलो क्षती निम्त्याउन सक्ने भएकाले ट्राफिक चिन्हहरुलाई अनिवार्यरुपमा पालना गर्न समेत आम नागरिक एवं सरोकारवालाहरुलाई ट्राफिक प्रहरीले सचेत पार्दै आएको बुधबारे ट्राफिक प्रहरीका बरिष्ठ हवल्दार चारू चन्द्र ठाकुरले जानकारी दिनुभयो ।
सबै चालक हरुले ट्राफिक नियम सिकेरै ड्राइभिङ लाइसेन्स ल्याएता पनि त्यो व्यवहारमा नउतार्दा धेरै दुर्घटना हुदै आएको साथै कुनै पनि ट्राफिक चिन्नको औचित्य नखारी जथाभावी सवारीसाधन पार्किङ गर्दा आम सर्वसाधारणले सास्ती बेहोर्नु परेको हुदाँ आम सर्वसाधारणलाइ ट्राफिक सचेतता गराइयो भने दिनहुँ हुने सवारी दुर्घटनालाइ न्यूनीकरण गर्न सकिने बुधबारे ट्राफिक प्रहरीसायक हवल्दार विजय श्रेष्ठले बताउनु भयो ।
बर्खा स्मृति प्रतिष्ठान संस्थाको परिचय ।
पछिल्लो समय बर्खा स्मृति प्रतिष्ठानले समाजमा विभिन्न सामाजिक कार्यहरूमा निरन्तरता दिदै अाएको पाईएको छ ।
वि.सं. २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का वि.सं. २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाई संग वैवाहिक जीवनमा बाँधिनु भएको थियो
तत्पश्चात् आप्रवासीहरुको क्षेत्रमा काम गर्ने संस्था आइ.वो.एम मा जोडिएर कामको शिलशिलामा अमेरिकामा रहनु भएकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यू भएको थियो ।
मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहनु भएकि बर्खाको अल्पायुमानै मृत्यू भएकोले उनकै संझनामा रू ५०,००,०००, अक्षरूपि पचास लाखको अक्षय कोष एवंम रू २०,००, ०००, अक्षरूपि बिस लाख रहेको कार्यलय व्यवस्थापनका लागि छुट्याइ यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनुभयो ।
हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाई, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाई, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरुमा मनोज प्रसाई, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।