
झापाको बुद्धशान्ति गाउँपालिका रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था महिला उपसमितिले अायोजना गरेको तीज मिलन समारोकाबीच संस्थाकी सेयर सदस्य एकल महिला तुलसा अाचार्य खरेललाई सम्मान गरेको छ ।
रामजानकी मन्दिरको सभाहलमा भएको तिज मिलन कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ की महिला सदस्य लिला परियार हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठ, पशुपति सहकारीकी सचिव दुर्गा पोख्रेल ढुङ्गेलको विशिष्ट आतिथ्य, सहकारी अध्यक्ष दिल कुमार श्रेष्ठले दोसल्ला अोढाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाकी महिला उप समिति संयोजक चन्दा मगरको सभापतित्वमा भएको कार्यक्रममा वडा नम्बर ३ की महिला सदस्य लिला परियारको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा ,न्यू पशुपति सहकारीकी सचिव दुर्गा पोख्रेल ढुङ्गेल,संस्थाका अध्यक्ष दिल कुमार श्रेष्ठ, संस्थाकी, उपाध्यक्ष मिरा भूर्तेल, साकोसका वर्तमान कार्यसमिति सदस्य तथा निवर्तमान अध्यक्ष गोविन्द प्रसाद पौडेलको संस्थाका शेयर सदस्य शेयर धनी , संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिले व्यानर पढेर उद्घाटन गरेको कार्यक्रममा गोविन्द पौडेल, मिरा भुर्तेल , दिल कुमार श्रेष्ठले लगायतले शुभकामना मन्तव्य,राख्नु भएको थियो ,। महिला उपसमिति सदस्य विष्णु मैनाली उप्रेतीले स्वागत् मनतव्य, राखेको कार्यक्रममा महिला उपसमिति सदस्य मुना भट्टराईले कार्यक्रमकाे औचित्य प्रकाश पार्नुभएको थियो ।
शनिबार रामजानकी मन्दिरको सभाहलमा भएको तिज मिलन कार्यक्रममा विभिन्न महिला समूहले नृत्य तथा गायन प्रस्तुत गर्दै कार्यक्रमलाई थप रोकच बनाइएको थियो । सो अवसरमा कार्यक्रममा सहभागीलाई सामुहिक रुपमा दर खुवाइएको थियो ।
आफ्ना भनाई राख्दै संस्थाका अध्यक्ष दिलकुमार श्रेष्ठले भन्नु भयो, हिजाे तिज पर्वलाई एकदिन दर खाने कार्यक्रममा चेलिबेटी माईत जाने , आफन्तसँग भेटघाट दुख, सुख, साटासाट गर्ने ,माैलिकता झल्कने किसीमका तिजका भाकाहरुमा सान्दार तरिकाले मनाउदै आएकाे तिज पर्व तपाईं हामी सबैलाई थाहा नै छ तर अहिले तिज पर्वलाई भड्किलो बनाईदै तपाईं हामी दिदिबहिनीले यस समाजलाई दिने सन्देश के हाे ? पाटी प्यालेसमा गएर तिज पर्व एक महिना देखि मनाउने चलन भित्रिएकाे छ याे कतिकाे सान्दर्भिक हाेला यसले समाजलाई कुन दिशा तर्फ धकलिरहेकाे छ विकृतिले गर्दा हुनेखानेकाे मात्रै चाड हाेकि जस्तो देखिन थालेकाे उहाले बताउनु भयो ।
हातेमालो बचत तथा ऋण सहकारी संस्था महिला उपसमितिले अायोजना गरेको तीज मिलन कार्यक्रममा ७०० बढि महिला हरूको उपस्थिति रहेको थियो नृत्यमा सहभागी हुने ठूला सहभागीलाई मायाको चिनो र साना सहभागीहरुलाई कपी कलम वितरण गरिएको थियो । कार्यक्रमकाे सञ्चालन संस्थाकी पूर्व कर्मचारी तथा शेयर सदस्य मनिषा चम्लागांई दाहालले गर्नुभएको थियो ।