
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित प्रेटोलपम
पश्चिम पट्टिको भागमा आशीर्वाद प्रतिष्ठान सुधार केन्द्रको आयोजनामा कार्तिक २ गते वाट संचालन भएको बुद्धशान्ति सास्कुतिक तथा साङगितिक महोत्सवमा अाज तृसना गुरूङ अाउदै ।त्यस्तै मेलाको आकर्षका रुपमा रोटेपिङ रेस, नाउ रेस,विभिन्न खेल तथा बच्चाहरुका लागि विभिन्न मनोरञ्जनका सामग्रीहरु राखिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङ बताउनु हुन्छ ।
मेलाबाट आएको केही नाफाले आशीर्वाद प्रतिष्ठान सुधारमा बुद्धशान्ति गाउँपालिका भरिका ५ जना लागुअौषधमा साथै बिभिन्न कुलतमा फसेका युवाहरूलाई उपचार गरिने अाशिर्वाद प्रतिष्ठाका सुधार केन्द्रका अध्यक्ष प्रेम शावा बताउनु हुन्छ ।
बुद्धशान्तिको विकास विस्तार प्रब्रधनका लागी यस मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विनोद नेम्वाङले जानकारी दिँदै २ गते बाट सन्चलन भईरहेको मेलामा अाई भरपुर मनोरन्जन लिन सम्पुर्ण आमा बुवा दाजु भाइ दिदी बहिनी लगायत सन्चार कर्मि सुरक्क्षा कर्मि साथै आ आफ्ना ठाउँ बाट सहयोग पुर्याउनु हुने सम्पुर्ण मा धन्यबाद दिदै मेलामा आई कार्यक्रमको सोभा बढाई दिनुहुन आयोजक समितिले सबैमा अनुरोध समेत गरेका छन्।