
खुलेको त्यो आकाश र लागेको चहकिलो घाम अनि सुरु भइसकेको दसै । दशैंमा मिठो मसिनो खाने र नयाँ लुगा लगाउने जाेहाे गरि भित्रिइसकेकाे छ दसै । सबै तयारी सकेर टिकाकाे साइत पर्खेर बसेका माइ नगरपालिका दुईका गाेपाल सुवेदीका घरमा दसैकाे खुसी खाेसि दिएकाे छ ।
खाेले पकाउन बालेकाे आगाेले भान्सा घर ग्वाली सहित एक तल्ले टिनको छाना भएको घर हेर्दाहेर्दै खरानी भएपछि टिकाकाे अघिल्लाे दिन दसैकाे खुसि खाेसिएकाे छ । आगाे नियन्त्रणका लागि स्थानीय भेला भए पनि आगाेकाे ज्वालाे हुर्कि सकेकाे कारणा स्थानीय दमकल दमकल भन्न बाहेक केही गर्न नसकेकाे स्थानीय पत्रकार हरि अधिकारी बताउछन । आज विहान ६:३० बजे सुरु भएकाे आगलागीबाट १५ लाख बढीकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।
आगलागीमा २ तोला सुन,नगद दशै खर्च २५ हजार,धान १० मन,सादा मोबायल ३ थान,४ थान नेपाली नागरिकता प्रमाणपत्र,जग्गाधनी प्रमाण पुर्जा,४ ठिका चिरान काठ सहित घर नस्ट भएकाे प्रहरी चौकी दानाबारीले जनाएको छ।
पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखा मार्फत स्थानीय प्रशासनसङ्ग समन्वय गरि पहल भइरहेको बताइएको छ ।