
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । प्रतियोगितामा आठवटा टिमले प्रतिस्पर्धा गर्ने पत्रकार सम्मेलनमा बुद्धशान्तिका वडा नं ४ खेलकुद विकास समितका अध्यक्ष अर्जुन मेन्याङवोले जानकारी दिनु भयो ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा हुन लागेको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिहेको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।
खेलमा सहभागी खेलाडि हरूका लागि केही नियम समेत बनाईएको छ l
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गर्न लागिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो
प्रतियोगिता यही कार्तिक १४ गतेदेखि कात्तिक १८ गतेसम्म मंगलबारे बजारको खेल मैदानमा हुने बताईएको छ आयोजक टिमसँगै बुद्धशान्ति गाउँपालिका भरिका सम्पुर्ण वडाका खेलाडी बीच प्रतिस्पर्धा हुने समितिका सचिब मिलन सुब्बाले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।