
झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित बुद्धशान्ति ४ खेलकुद विकास समितीको आयोजनामा वडा स्तरीय फुटबल प्रतियोगिता मंगलबार वाट सुरू भएको छ ।
दिपावली तथा छठ पर्वको अवसर पारेर बुद्धशान्ति ४ स्थित मंगलवारे बजारको खेल मैदानमा कार्तिक १४ गते मंगलबार वाट सुरू भएको प्रतियोगिताको पहिलो खेलमा वडा नं ६ र वडा नं ४ बिच भएको थियो जसमा वडा नं ६ लाई ०/६ गोल अन्तरले हराउदै वडा नं ४ विजयी भएको हो ।
सोही दिन भएको दोस्रो खेलमा वडा नं ७ र वडा नं ३ बिच भएको खेलमा वडा नं ७ लाई ०/१ गोल अन्तरले हराउदै वडा नं ३ विजयी भएको छ ।
१४ देखि सुरु भएको प्रतियोगिताको उद्घाटन सत्र बुद्धशान्ति ४ खेलकुद विकास समितीका अध्यक्ष अर्जुन मेन्याङवोको
सभापतित्वमा भएको उत्घाटन सत्रमा बुद्धशान्ति गाउँपालिका अध्यक्ष मनोज प्रसाईको प्रमुख आतिथ्यता, रहेको थियो ।
बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानि प्रसाद खतिवडा वडा नम्बर ४ का वडाध्यक्ष शेर वहादुर राय वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ ,वडा नं ६ का वडाध्यक्ष शिवराज पौडेल वडा नं १ वडा अध्यक्ष अनिल वाग्ले, वडा नं ७ वडा अध्यक्ष चन्द्र भण्डारी विशिष्ठ अातिथ्यता रहेको थियो ।
त्यस्तै उत्घाटन खेलमा बुद्धशान्ति २ का वडा सदस्य अमिर श्रेष्ठ, झापा जिल्ला फुटबल संघका उपाध्यक्ष मनेष दाहाल, किराँत राई यायोक्खा बुद्धशान्ति ४ का अध्यक्ष राजेन्द्र राई, नेकपा माअोवादी केन्द्र बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ लगायतको आतिथ्यतामा भएको कार्यक्रममा अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले उपस्थित सम्पूर्णलाई शाब्दिक स्वागत गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि भवानि प्रसाद खतिवडा , वडा नं ३ का वडाध्यक्ष पर्शुराम चेम्जोङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन समितिका सचिब मिलन सुब्बाले गर्नु भएको थियो ।
१४ गते वाट सुरु भएको प्रतियोगितामा ८ वटा टिम सहभागि रहेका छन् । भोलि हुने पहिलो खेलमा वडा नं १ र वडा नं ५ बिच हुने छ भने दोस्रो हुने खेलमा वडा नं ४ र वडा नं २ बिच हुने बताइएको छ ।
बुद्धशान्ति खेलकुद विकास समितिको आयोजनामा सूरू भएको खेलमा स्थानीय स्तरमा खेल क्षेत्रको महत्वसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ संचालन गर्न लागीएको प्रतियोगितामा युवाहरूको क्षमता विकासको लागि र खेलकुद हाम्रो स्वाथ्यको लागि पनि अतिनै अावस्यक रहेको हुदा फुटबल भलिबल लगायतका सबै खेललाई आउदो दिनमा खेलाउदै जाने र आर्थिक अबस्था कमजोर भएका खेलाडी युवाहरुलाई खेलकुदमा व्यस्त बनाउने र उनिहरुलाई खेलकुदमा व्यस्त बनाई कुलतमा फस्नबाट जाेगाउन यस खेलको आयाेजना गरिएको समितिका अध्यक्ष अर्जुन मेन्याङवोले बताउनु भयो ।
बुद्धशान्ति गाउँपालिका खेलकुल विकास समितिको १ लाख ५० हजार साथै स्थानीय महानुभावबाट प्राप्त स्वेच्छिक सहयोग संकलन गरेर प्रतियोगिता सञ्चालन गरिएको अार्थिक संयोजक काँसी हाङ चाम्लिङ राइले बताउनु भयो ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको आर्थिक विभाग संयोजक काँसी हाङ चाम्लिङ राइले जानकारी दिनु भयो
प्रतियोगिता सम्पन्न गर्नका लागि फुटबलप्रेमी दाताबाट आर्थिक संकलन गरिने पनि बताउनु भयो ।
उहाँका अनुसार विजेताले नगद ३० हजारसहित आकर्षक ट्रफी मेडल प्रमाण पत्र पाउँदा उपविजेताले नगद २० हजार ट्रफि मेलड र प्रमाण पत्र पाउने समितिले जानकारी दिएका छन,।
प्रतियोगिताको उत्कृष्ट खेलाडी यसैगरी, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र सर्वाधिक गोलकर्ता त्यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याच बन्ने खेलाडी लाई समेत पुरस्कृत गरिने बताईएको छ भने अाज भएको पहिलो खेलमा वडा नं ४ का जेम्स लिम्बू भएका थिए भने दोस्रो खेलमा वडा नं ३ का विजय राई म्यान अफ द म्याच भएका थिए ।
प्रतियोगिता सफल बनाउन संकलित रकम बचाउन सकिएको खण्डमा प्रशिक्षक राखेर स्थानीय खेलाडीलाई तालिम प्रदान गर्ने र सामाजिक कार्यमा सहयोग गर्ने बताइएको छ ।