
आर्दश युवा क्लब बुद्धशान्तिको आयोजनामा बुद्धशान्ति ३ स्थित वालुवाटार चोकमा खेलाउदै आएको हाउजी (बिङ्गो) खेलको यश वर्षको समापन खेलमा बम्पर हाउसफुलको रुपमा Pulsar Ns-160 Bs6 Dual Channel बाइक पवन कोइराला निर्देशन कोइरालाले साथै स्मिता मगर सहित ३ जनाले जितेका छन, ।
दशैँको घटस्थापना देखि तिहार पछिको छठ पर्वको दिनसम्म खेलाउदै अाएको हाउजि बिङ्गोको समापन खेलमा विजेता बन्दै ३ जनाले सम्युक्त रूपमा मिलेर Ns – 160 pulsar मोटरसाईकल लगेका हुन ।
समापन खेलमा अन्य विभिन्न बिधामा आकर्षक नगद पुरस्कार समेत वितरण गरिएको आर्दश युवा क्लबका वरिष्ठ उपाध्यक्ष तथा हाउजी खेल संयोजक दिपक सुब्बा थेबेले बताउनु भयो ।
बेलुका ७:०० बजे बाट सन्चालन भएको समापन फाइनल खेलको टिकट दर रू, १००० राखिएको थियो । भने खेलको सन्चालन बुद्धशान्तिका चर्चित बिङ्गो खेल संचालक गोकुल पौडेलले गर्नुभएको थियो ।
बुद्धशान्ति-३ स्थित बुधबारेको (बालुवाटार) चोक खेलाईएको हाउजी बिङ्गो खेलमा १२ सय जनाले सहभागी भएर खेलेको खेलको प्रोजेक्टर मार्फत प्राविधिक सहयोगको रूपमा नारायण अर्यालले सहयोग गर्नुभएको बताउदै,विगत केही वर्ष देखि सामाजिक कार्यका लागि यो खेल खेलाउदै आएको क्लबका कोषाध्यक्ष बालकुमार राईले बताउनु भयो ।
हाउजि बिङ्गो खेलको समापन कार्यक्रममा विगत लामो समय अघिबाट बुद्धशान्ति गाउँपालिकामा हाउजि बिङ्गो खेलको सुरूवात गर्नुहुने राजु न्यौपाने लाई आर्दश युवा क्लब द्वारा सम्मान समेत गरिएको क्लबका उपाध्यक्ष करण शेर्पाले जानकारी दिनु भयो ।
यश खेलमा उपस्थित भई खेलमा सहभागी हुनुहुने बुद्धशान्ति बासी छिमेकी पालिका साथै जिल्ला बाहिर बाट समेत यश खेलमा आअाफ्नो ठाउँबाट सहयोग पुर्याउनु हुने सम्पुर्ण खेलप्रेमि महानुभाव हरूलाई धन्यबाद दिदै आर्दश युवा क्लबका सचिव दुर्योधन (देव) सिंहले सबैको साथ सहयोग र हौसलाले गर्दानै आर्दश युवा क्लबले यश खेलबाट निस्कीएको रकमले विभिन्न सामाजिक कार्यहरू गर्दै क्लबको आफ्नै भवन समेत निर्माण गरिसकेको बताउनु भयो ।