झापाको बुद्धशान्ति गाँउपालिका १ स्थित सरस्वती बाल विकास केन्द्रमा साथै वडा नं २ को श्री आदर्श बाल विकास केन्द्रमा पढ्ने साना साना नानिहरूलाई न्यानो स्वेटर वितरण गर्दै आज बर्खा समृति प्रतिष्ठानको सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
बर्खा स्मृति प्रतिष्ठान अध्यक्ष मदन प्रसाईंको अध्यक्षतामा भएको छुट्टाछुट्टै कार्यक्रममा वडा नं २ को श्री आदर्श बाल विकास केन्द्रमा भएको कार्यक्रममा वडा नं २ का वडा अध्यक्ष डिल्लि अोलिको प्रमुख आतिथ्यता साथै सरस्वति बाल विकास केन्द्र मा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेको प्रमुख आतिथ्यतामा न्यानो स्वेटर वितरण गर्दै सप्ताह कार्यक्रम समापन गरिएको थियो ।
,सरस्वती बाल विकास केन्द्रका कार्यवाहक अध्यक्ष पुष्पलाल आचार्य तिनतले सामुदायीकका अध्यक्ष नन्द कुमार राई सरस्वती बाल विकास केन्द्रका सचिव खेमराज गड्तौला,स्थानिय समाजसेवी अभिभावक लगायतको आतिथ्यतमा कार्यक्रम सम्पन्न भएको थियो ।
पछिल्लो समय बर्खा स्मृति प्रतिष्ठानले समाजमा विभिन्न सामाजिक कार्यहरूमा निरन्तरता दिदै आएको यस संस्थाले २०८० /९/२ गते बाट बुद्धशान्ति गाउँपालिकाका सातै वटा वडाका बाल विकास केन्द्रमा पुगेर न्यानो स्वेटर वितरण गरेको बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाइले बताउनु भयो ।
संस्थाले सप्ताह कार्यक्रम अन्तर्गत श्री सरस्वति बाल विकास केन्द्र मा वडा नं १ मा १८ थान, वडा नं २ श्री आदर्श बाल विकास केन्द्रमा १५ थान, वडा नं ३ रहेको श्री प्रतिभा बाल विकास केन्द्रमा २६ थान वडा नं ४ मा रहेको श्री गुराँस बाल विकास केन्द्रमा २५ थान, वडा नं ५ मा रहेको श्री पाथिभरा बाल विकास केन्दमा १४ थान ,वडा न ६ मा रहेको श्री आदर्शबाल विकास केन्द्रमा ३४ थान साथै वडा नं ७ मा रहेको श्री हरियाली बाल विकास केन्द्रमा २२ थान गरि जम्मा १५४ थान न्यानो स्वेटर वितरण गरिएको संस्थाका सचिब मदन मगरले बताउनु भयो
संस्थाका सचिब मदन मगरले सन्चालन गर्नुभएको कार्यक्रमको अौचित्यमाथि प्रकाश पार्दै बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदन प्रसाँइले भन्नुभयो,यस संस्थाले बुद्धशान्ति गाउँपालिकाका सम्पुर्ण वडाहरूमा गएर जनचेनना मुलक कार्यक्रम साथै सामुदाहिक प्रहरी सगँको सहकार्यमा लागु अौषध साइबर अपराध सम्बन्धी जनचेतना मुलक कार्यक्रम प्रहरी सगँको सहकार्यमा ट्राफिक नियम सम्बन्धि जनचेतना मुलक कार्यक्रम
बुद्धशान्तिका विभिन्न विद्यालयहरूमा छात्र वृद्धि बुद्धशान्ति गाउँ पालिका वडा नं ३ स्थित चिलिमगढी दाह सस्कार गृहको सरसफाई, बुद्धशान्ति गाउँपालिकामा रहेका केही विद्यालयहरूमा शिक्षा सुधारका लागि अार्थिक सहयोग जस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आएको बताउनु भयो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष अनिल वाग्लेले बर्खा स्मृति प्रतिष्ठानले समय अनुसार जाडोको समयमा स साना नानिहरूलाई स्वेटर वितरण गरेर सहयोग गर्नुहुने संस्थालाई धन्यबाद दिदै यस बाल विकास केन्द्रमा भौतिक पर्वधारको अवस्थालाई हेरेर वडाको तर्फबाट गर्न सक्ने सहयोग गर्दै जाने बताउनु भयो ।
वि.सं. २०३८ सालमा पिता भक्तबहादुर र माता पूर्णिमा खड्काकी सन्तानका रुपमा रहेकी बर्खा खड्का वि.सं. २०७२ सालमा बुद्धशान्तिकै समाजसेवी मदन प्रसाई संग वैवाहिक जीवनमा बाँधिए
तत्पश्चात् आप्रवासीहरुको क्षेत्रमा काम गर्ने संस्था आइ.वो.एम मा जोडिएर कामको शिलशिलामा अमेरिकामा रहनु भएकी बर्खाको केही समय अघि ट्राफिक लाइटमा भएको प्राविधिक त्रुटिका कारण कारको ठक्करबाट अमेरिकामानै मृत्यू बताईएको छ ।
मदर टेरेसा र अनुराधा कोइरालाको मानव सेवाका कार्यबाट प्रभावित रही सामाजिक कार्यमा सक्रिय रहनु भएकि बर्खाको अल्पायुमानै मृत्यू भएकोले उनकै संझनामा रू ५०,००,०००, अक्षरूपि पचास लाखको अक्षय कोष एवंम रू २०,००, ०००, अक्षरूपि बिस लाख रहेको कार्यलय व्यवस्थापनका लागि छुट्याइ यस प्रतिष्ठान खोलिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईले जानकारी दिनुभयो ।
हाल प्रतिष्ठानको उपाध्यक्षमा हेमबहादुर प्रसाई, सचिवमा मदन मगर, सहसचिवमा अम्बिका घिमिरे प्रसाई, कोषाध्यक्षमा शकुन्तला अधिकारी र सदस्यहरुमा मनोज प्रसाई, धर्म कँडरिया, प्रल्हाद खड्का र पवित्रामाया थापा खड्का रहेको बताइएको छ ।