झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ४ स्थित गणेश माध्यमिक बिद्यालयले ३४ औं वार्षिक उत्सव एवम,अभिभावक दिवस समारोह विभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न गरेको छ ।
पौष २ गते सोमबार देखि सन्चालन भएको वार्षिक उत्सवमा कार्यक्रममा विभिन्न सदनात्मक खेलकुद हाजिरी जबाफ वक्तिवकला निबन्ध लेखन चित्रकला जस्ता विभिन्न कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा पालिका स्तरिय हाजिरी जवाफ समेत गरिएको थियो हाजिरी जवाफ प्रतियोगितामा ६ वटा बिद्यालय हरू सहभागी भएका थिए जस मध्ये शिशु सुधार आधारभुत बिद्यालय प्रथम गणेश मा.वि.दोस्रो र सरस्वती आधारभुत विद्यालय तेस्रो भएको थियो ।
शुक्रबार सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष साथै बुद्धशान्ति गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष शेरबहादुर रायको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी प्रसाद खतिवडाको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बिद्यालयका शिक्षक अभिभावक संघ का अध्यक्ष गोपीकृष्ण दाहाल ले उपस्थित सम्पुर्ण अतिथिहरूलाई स्वागत गर्नुभएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भवानी प्रसाद खतिवडाले भन्नू,भयो गाउँपालिकाले बुद्धशान्ति गाउँपालिका भरिका विद्यालयहरूमा हाम्री आमा राम्री आमा कार्यक्रम बुद्धशान्तिमै पहिलो पटक सूरू गरिएको र यस कार्यक्रमले शिक्षा क्षेत्रमा निकै प्रभावकारी भुमिका खेल्ने बताउदै विद्यालयको थप सुधार र गुणस्तरीय शिक्षाको सहयोग र समन्वय गर्न साथै बुद्धशान्ति गाउँपालिकाको विकास विस्तार र प्रवर्धनमा स्थानीय सरकार सदैव तयार रहेको बताउनु भयो ।त्यस्तै कार्यक्रममा आफ्ना भनाई राख्दै बुद्धआदर्श माध्यमिक बिद्यालय का प्रधानाध्यापक कृष्णराज भण्डारीले शिक्षा सुधारमा शिक्षक जिम्मेवार भए पुग्छ भन्ने सोचाई छ । यो गलत सोचाई हो,’ उहाले भन्नु भयो ‘यो गलत बुझाइलाई चिर्नका लागि अभिभावक लागि पर्नुपर्छ । जति शिक्षक जिम्मेवार हुन्छन् त्यति नै विद्यार्थी, र अभिभावक पनि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।
शुक्रबार भएको समापन कार्यक्रम मा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम साथै सदनात्मक नृत्य समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा वडा नं ४ का वडा सचिब राजकुमार न्यौपाने गाउँपालिका कार्यपालिका सदस्य भिम धमला वडा सदस्य सन्जित कुमार थेबे ,आइत बहादुर साबा बुद्ध आदर्श माध्यमिक बिद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारी , समाज सेवि मनेस दाहाल ,बुद्धआदर्श माद्यमिक विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष राजेन्द्र राई समाज सेवि गोपि कृष्ण दाहाल लगायतको आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन मन कुमार राई र रबिन मैनालीले गर्नुभएको थियो भने कार्यक्रमको समापन कार्यक्रमका सभा अध्यक्ष शेर बहादुर रायले गर्नु भएको थियो ।