

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ स्थित
शनिबार सम्पन्न भएको साधारण सभामा कक्षा १२ उत्तीर्ण उत्कृष्ट विद्यार्थीतर्फ प्रशान्त भट्टराईलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका सहसचिव मेनुका खड्का तिवारीले कार्यक्रममा उपस्थित सम्पुर्ण अतिथिहरूलाई शाब्दिक स्वागत गर्नुभएको कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठक,सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
संस्थाकी सचिव मनिषा चम्लागाई दाहालले सञ्चालन गर्नुभएको साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
सभालेसापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
त्यस्तै धरनि पोख्रेलको संयोजकमा तीन सदस्य समिती समेत चयन गरेको छ , सदस्यमा मनिषा चौलागाँइ ,सदस्य इस्वरी खतिवडा रहने गरि लेखा समिति समेत चयन गरेको हो ।
Related Stories
५ कार्तिक २०८२, मंगलवार १८:५२

बुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र प्रकाश कोइरालाको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा माननीय सांसद कोशी प्रदेश प्रदेशसभा सदस्य चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो ।
सहकारी समन्वय समिति झापाका कार्यवाहक अध्यक्ष गोविन्द पौडेल, संस्थाका सल्लाहकार संयोजक मनोरथ तिवारी, ग्रामिण सहकारी अध्यक्ष नेत्र रिजाल,साना शहरि खानेपानी सचिव पुर्ण कुमार संजेल,उद्योग, बाणिज्य संघका अध्यक्ष चन्द्र प्रकाश उप्रेति,स्थानिय समाज सेवी संस्थाका सम्पुर्ण कर्मचारी विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी,स्थानिय समाजसेवी,सञ्चारकर्मीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
संस्थाले विभिन्न बिदामा कर्मचारी साथै संस्थाका सदस्यहरूलाई सम्मान समेत गरेको थियो । सम्मानित हुने अरूमा असल बचत कर्तामा डिल्लीप्रसाद नेपाल, असल बाल बचतकर्तामा मार्यन पौडेल, असल ऋणीमा रत्नमणि अधिकारी, असल कर्मचारी र पूर्व कर्मचारीतर्फ रजिना धिमाल र प्रमिला दाहाललाई फुलमाला अविर साथै दोसल्लाह अोढाएर सम्मान पत्र सम्मान गरिएको थियो ।












